‘टेम्पल ट्रि’ ले पायो खाद्य स्वच्छतामा ‘अति उत्तम’ मान्यता

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्यांकनमा ‘अति उत्तम’ श्रेणी प्राप्त गरेको छ । टेम्पल ट्रि ले मूल्यांकनमा १०० मध्ये ९२ अंक प्राप्त गर्दै ‘अति उत्तम’ श्रेणीको तीन तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित गरेको स्थलगत अनुगमन तथा मूल्यांकनका आधारमा रिसोर्टलाई उक्त मान्यता दिएको हो।

मूल्यांकनका क्रममा पानीको भण्डारण व्यवस्था, पानी परीक्षणसम्बन्धी कागजात, कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र, फ्रिज तथा भान्साको तापक्रम व्यवस्थापन, खाद्य पदार्थको भण्डारण अवस्था, उपकरणहरूको सरसफाइ र बाह्य वातावरणको सरसफाइलगायत पक्षको अध्ययन गरिएको थियो।

पानीको भण्डारण, पानी परीक्षणका कागजात, कर्मचारीको प्रशिक्षण तथा मेडिकल प्रमाणपत्र, फ्रिज र भान्साको तापक्रम, खाद्य पदार्थको भण्डारण, उपकरण तथा बाह्य वातावरणको सरसफाइलगायत विषयमा अनुसन्धान गरिएको थियो टेम्पल ट्रि रिसोर्टका प्रशासन तथा मानव स्रोत प्रमुख रामकृष्ण कँडेलले जानकारी दिए ।

You might also like

Comments are closed.