पर्यटकको रोजाईमा पर्दै आइरहेको टेम्पल ट्रि रिसोर्ट १४ औं वर्षमा प्रवेश

पोखरा । पोखरामा रहेको टेम्पल ट्रि रिसोर्ट स्थापनाको १३ वर्ष पुरा भएको छ । आज रिसोर्टले १४ वर्ष प्रवेशको अवसरमा रिसोर्टका अध्यक्ष वसन्त गौतमले सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गरेका छन् ।

फाइभ स्टार स्ट्याण्डर्डको बुटिक रिसोर्टको सेवा प्रदान गरिरहेको टेम्पल ट्रिमा ६८ वटा रुम छन् । स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स रुमबाट रिसोर्टले सेवा प्रदान गरिरहेको छ । कार्यक्रमका लागि विभिन्न साइजका हलको सुविधा पनि छ । आउट डोर र इन्डोर कार्यक्रम तथा इभेन्ट्सहरुका लागि पनि रिसोर्ट लोकप्रिय छ ।

बजारको बीचमा रहेर पनि शान्त वातावरणमा रिसोर्ट अवस्थित छ । रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । पोखरामा राम्रो सेवा सुविधा प्रदान गर्ने स्तरीय रिसोर्टमा टेम्पल ट्रि पर्न सफल छ । पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ६ मा रहेको रिसोर्ट पर्यटकको रोजाईमा पर्न सफल छ ।

jutta mela

फरकशैलीको सेवा, सुविधा तथा आतिथ्यताबाट पर्यटकलाई आकर्षित गर्न सफल रिसोर्टलाई ट्रिप एडभाइजरले पनि वर्षेनी ट्राभलर रिभ्यु अवार्ड प्रदान गर्दै आइरहेको छ ।

यसैबीच वार्षिकोत्सवको अवसरमा रिसोर्टले सामाजिक उत्तरदायित्व बहनको कार्यक्रम गरेको छ । शुक्रबार मानव सेवा आश्रम पोखरालाई रिसोर्टले खाद्यान्न सहयोग गरेको हो ।

You might also like

Comments are closed.