बाढी प्रभावितलाई टेम्पल ट्री रिसोर्टद्वारा २ लाख ११ हजारभन्दा बढी रकम सहयोग

पोखरा । पोखरामा रहेको टेम्पल ट्री रिसोर्टले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । रिसोर्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो । रिर्सोटका अध्यक्ष वसन्त गौतमले कोषमा सो रकम हस्तान्तरण गरेका हुन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले गरेको सहयोग संकलनमार्फत रिसोर्टले सो रकम सहयोग गरेको हो । रिसोर्टका अध्यक्ष  गौतम रेबानका प्रथम उपाध्यक्ष हुन् । सहयोग रकम मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरिएको रेवानले जनाएको छ ।

 

You might also like

Comments are closed.