विश्व पर्यटन दिवसको अवसरमा टेम्पल ट्रि रिसोर्टद्वारा रक्तदान कार्यक्रम आयोजना

पोखरा । पोखराको लेकसाइडमा रहेको ‘टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा’ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रिसोर्टले ‘४६औं विश्व पर्यटन दिवस’को अवसरमा शनिबार (सेप्टेम्बर २७) रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रिसोर्ट परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै रिसोर्टले विश्व पर्यटन दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रिसोर्टका सञ्चालक, कर्मचारी लगायतले उक्त अवसरमा रक्तदान गरेका थिए ।

चाडपर्वको समयमा रगतको अभाव हुने भएकाले पनि रिसोर्टले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्णप्रति रिसोर्टले आभार व्यक्त गरेको छ ।

You might also like

Comments are closed.