फाइभ स्टार स्ट्याण्डर्डको ‘टेम्पल ट्रि रिसोर्ट’को १२ वर्षे यात्रा

पोखरा । पोखरामा रहेको टेम्पल ट्रि रिसोर्ट रिसोर्ट स्थापनाको १२ वर्ष पुरा गरी १३ वर्ष प्रवेश गरेको छ । रिसोर्टले आज बुधबार १२औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा रिसोर्टका अध्यक्ष वसन्त गौतमले सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

फाइभ स्टार स्ट्याण्डर्डको बुटिक रिसोर्टको सेवा प्रदान गरिरहेको टेम्पल ट्रिमा ६८ वटा रुम छन् । स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स रुमबाट रिसोर्टले सेवा प्रदान गरिरहेको छ । कार्यक्रमका लागि विभिन्न साइजका हलको सुविधा पनि छ । आउट डोर र इन्डोर कार्यक्रम तथा इभेन्ट्सहरुका लागि पनि रिसोर्ट लोकप्रिय छ ।

बजारको बीचमा रहेर पनि शान्त वातावरणमा रिसोर्ट अवस्थित छ । रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । पोखरामा राम्रो सेवा सुविधा प्रदान गर्ने स्तरीय रिसोर्टमा टेम्पल ट्रि पर्न सफल छ । पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ६ मा रहेको रिसोर्टमा १ सय १० जना कर्मचारी कार्यरत रहेको प्रवन्धक अरुणकुमार पुरीले जानकारी दिए ।

jutta mela

फरकशैलीको सेवा, सुविधा तथा आतिथ्यताबाट पर्यटकलाई आकर्षित गर्न सफल रिसोर्टलाई ट्रिप एडभाइजरले पनि वर्षेनी ट्राभलर रिभ्यु अवार्ड प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.