राजधानीमा आयोजना भएको प्रथम काठमाडौं महोत्सव केवल व्यापारिक केन्द्रमा मात्र सीमित नभई कला, संस्कृति र मनोरञ्जनको संगमस्थल बन्नेछ । महोत्सवमा व्यापार प्रवद्र्धनका साथै नेपाली कला र संस्कृतिको जगेर्नालाई मुख्य प्राथमिकता राखिएको छ ।
महोत्सवलाई थप उत्साहजनक बनाउन हामीले हरेक दिन विशेष सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्नेछौं । सामान खरिद–बिक्री गर्न आउने आगन्तुकहरूले किनमेलसँगै स्तरीय सांगीतिक मनोरञ्जन समेत प्राप्त गर्न सक्नेछन् । हामीले दर्शकको मनोरञ्जनलाई विशेष प्राथमिकतामा राखेका छौं । कलालाई प्रवद्र्धन गर्न र मेलामा आउनेहरूमा ऊर्जा भर्न सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।
महोत्सवको मञ्चमा नेपालका स्थापित तथा चर्चित गायक–गायिका र कलाकारहरूको उपस्थिति रहनेछ । आनन्द कार्की, अमृत क्षेत्री, अमृता लिम्बू, दिपक लिम्बू, प्राश्ना शाक्य, खुमन अधिकारी, रेखा शाह, इन्द्रकला राई, कमल खत्री, निशा देशार, भिम लिम्बु, र बिनोद ढकाल, रबिन महर्जन, अमुक लामा, पुर्वी मगर, एआरके डान्सरको प्रस्तुति रहनेछ । बिनय कार्की थुंगा ब्यान्डको लाइभ म्युजिक पनि समावेशन गरिएको छ । आइआइएफटीद्वारा प्रस्तुत गरिने विशेष फेसन शो महोत्सवको मुख्य आकर्षणको रूपमा रहने विश्वास गरिएको छ ।
महोत्सवले सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र व्यवसायीहरूमा नयाँ उत्साह ल्याउन सफल हुने विश्वास गरिएको छ । चार दिनसम्म चल्ने यस महोत्सवमा दर्शकहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छाौं । व्यापार र मनोरञ्जनलाई एकै ठाउँमा समेटेर हामीले एउटा साझा प्लेटफर्म तयार गरेका छौं, जसले आर्थिक र सांस्कृतिक दुवै पक्षलाई टेवा पु¥याउनेछ ।




Comments are closed.