टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डरमा ५ वर्षीय निकोलस

चितवन । टेष्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डरमा निकोलस आचार्य बनेका छन् । ५ वर्षीय निकोलसलाई टेस्लाको अबको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले आर्थिक आवाजलाई जानकारी दिए ।

आचार्यले टेस्लाको ब्राण्ड प्रवद्र्धनको काम सुरु गरिसकेका छन् । ‘पाँच वर्षीय निकोलसलाई टेस्लाको ब्राण्ड एम्बास्डर बनाएर काम गर्न पाउँदा खुसी लागेको छ,’ आचार्यले भने, ‘निकोलसले पनि उत्साही बनेर ब्राण्ड प्रवद्र्धनमा सहयोग गर्न सुरु गरिसकेका छन् ।’

टेस्ला नेपाली ब्राण्ड हो । बिगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा यो ब्राण्ड लोकप्रिय बनेको छ । भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौषमका लागि वातावरणमैत्री रहेको आचार्यले जानकारी दिए ।

डिलर नेटवर्कमार्फत देशभरको बजारमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर बिक्री भइरहेको आचार्यले जानकारी दिए । ‘न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि छ,’ आचार्यले भने, ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ ।’ नेपाली ब्राण्डप्रति ग्राहकको आकर्षण देखिनु सकारात्मक पक्ष रहेको र आफूहरु उत्साही भएको आचार्यले बताए ।

You might also like

Comments are closed.