अरेट इन्टरनेशनलले नेपाल भित्र्यायो टेस्ला मोडल थ्रीको २०२४ भर्सन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन अरेट इन्टरनेशल प्रा.लि ले नेपाली बजारमा भित्र्याएको छ । सधै लक्जरी गाडी नेपाल ल्याएर ग्राहकको चाहना पुरा गर्न प्रतिवद्ध रहेको र त्यसैअनुरुप अन्तर्राष्ट्रिय बजारमा आएको केही महिना भित्रै मोडल श्री नेपाल ल्याएको कम्पनीले जनाएको छ ।

टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल श्री लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्कृष्ट रहेको बताइएको छ ।

टेस्ला मोडल श्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल रहेको त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल भी को रिफ्रेस भर्सन रहेको कम्पनीका सिइओ विनोद श्रेष्ठले जानकारी दिए ।

jutta mela

फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट भेगन सिट फ्यूचरिष्टीक बड़ी डिजाइन भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड पुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल रहेको बताइएको छ ।

पहिलो पटक कूलिंग सहितको भेन्तिलेटेड सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो। एरो डाइनमिक र वाटर सिंक पुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको द्विस्तिकोण मा अन्तर्राष्ट्रिय (एन एच टी सी ए) बाट ५ स्टार को रेटिङ प्राप्त गरेको छ।

कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ । यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ। गियर सिफिट्ङि, इण्डिकेतर प्रयोग लगायत का फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इण्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ।

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ। सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ। यो कार रातो कालो निलो सेतो र खरानी कलरमा उपलब्ध रहने छ। एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ ।

 

 

You might also like

Comments are closed.