चितवन महोत्सवको मुख्य प्रायोजक टेस्ला एयर कन्डिस्नर

चितवन । १३औं संस्करणको चितवन महोत्सवको मुख्य प्रायोजक टेस्ला एयर कन्डिस्नर बनेको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनारमा महोत्सव हुँदैछ ।

मुख्य प्रायोजकको सम्झौता पत्रमा टेस्ला एयर कन्डिस्नरका जनरल म्यानेजर सुविबेक पराजुली र चितवन उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधानले आइतबार हस्ताक्षर गरेका छन् । यस अगाडि १२औं संस्करणको चितवन महोत्सवमा पनि टेस्लाले मुख्य प्रायोजन गरेको थियो ।

चितवन महोत्सवको मुख्य प्रायोजक बनेर सहकार्य गर्न पाउँदा खुसी लागेको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले आर्थिक आवाजलाई बताए ।

jutta mela

टेस्ला नेपाली ब्राण्ड हो । बिगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा यो ब्राण्ड लोकप्रिय बनेको छ । भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौषमका लागि वातावरणमैत्री छ ।

You might also like

Comments are closed.