टेक्सास साइन्स तथा आइटी एक्स्पो सम्पन्न

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजमा टेक्सास साइन्स तथा आइटी एक्स्पो सपन्न भएको छ । एक्स्पो मार्स १२ र १३ तारिखमा संचालन भएको थियो । एक्स्पोको औपचारिक उद्घाटन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले गरेकी थिइन् ।

विभिन्न २५ विद्यालयका २ हजार ७ सय भन्दा धेरै विद्यार्थीले एक्स्पोको अवलोकन गरेको कलेजका आइटी डिपार्टमेन्ट हेड सुमन थपलियाले जानकारी दिए ।

कार्यक्रममा प्रोफेसर डा. सुधन झा, वडा अध्यक्ष बिमलकुमार हाडा, टेक्सास नेटवर्र्कका अध्यक्ष डा. केशव कुमार श्रेष्ठ, चिफ अफ एकेडेमिक्स प्रा.डा. गोविन्दप्रसाद आचार्य, कलेजका सिइओ ताथ प्रिन्सिपल भेषराज पोखरेल लगायत उपस्थिति थियो ।

सूचना तथा प्रविधिको विद्यार्थीबाट भएका नयाँ नयाँ आविस्कारहरुको उक्त अवसरमा प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम प्रभावकारी भएको आयोजकको भनाइ छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.