टेक्सासका उत्कृष्ट शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण

योग्य र दक्ष जनशक्तिको मागलाई परिपूर्ति गर्ने उद्देश्यका साथ अगाडि बढेका छौं’-भेषराज पोखरेल, प्रिन्सिपल

काठमाडौं – शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका तथा क्षमतावान व्यक्तिहरूको आबद्धतामा देश तथा विदेशमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सञ्चालित कलेज हो टेक्सास इन्टरनेशनल कलेज र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी ।

टेक्सास नेटवर्कभित्र कलेजसँगै टेक्सास इन्टर नेशनल मन्टेश्वरी र टेक्सास इन्टरनेशनल स्कुलसमेत सञ्चालनमा छन् । काठमाडौंमा रहेका शिक्षा प्रदायक संस्थाकाबीच आफ्नो छुट्टै पहिचान बनाउन सफल छ टेक्सास । मन्टेश्वरीदेखि प्लस टु तथा उच्च शिक्षा अध्ययनका लागि टेक्सास उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ । म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र साइन्स एण्ड टेक्नोलोजीमा योग्य र दक्ष जनशक्तिको मागलाई परिपूर्ति गर्ने उद्देश्यले शैक्षिक व्यक्तित्व र उद्यमीहरूको पहलमा कलेज सञ्चालनमा आएको कलेजका प्रिन्सिपल भेषराज पोखरेल बताउँछन् ।

उनका अनुसार कलेजले नवीनतम विधि तथा प्रविधिकोे प्रयोग गरी सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट व्यावहारिक ज्ञानसमेत कलेजले प्रदान गरिरहेको छ । विद्यार्थीको सुविधालाई मध्यनजर गरी यातायातको सुविधा उपलब्ध छ । खाना तथा खाजाको लागि स्वस्थ तथा स्वच्छ क्याफेटरियाको व्यवस्था छ । अतिरिक्त कोचिङ कक्षाका साथ होस्टलको सुविधा पनि स्कुलमा छ । कलेजले एसईई टपर छात्रवृत्ति, एसईई डिष्ट्रिक्ट टपर छात्रवृत्ति, टेक्सास इन्ट्रान्स टपर छात्रवृत्ति, शहिद परिवार छात्रवृत्ति, दुर्गम क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्ति, स्कुल टपर छात्रवृत्ति, एसईई पर्फमेन्स छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति, अतिरिक्त क्रियाकलापमा उत्कृष्टलाई छात्रवृत्ति लगायत विभिन्न शीर्षकमा आवश्यकता अनुसार विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको प्रिन्सिपल पोखरेल बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धनमा प्लसटुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा उत्कृष्ट शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पोखरेलको भनाइ छ । कलेजमा विएससी (सिएसआइटी), विसिए, बीबीएम, बीबीएस, बीएका कोर्ष सञ्चालन भएका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा एमबीएस कार्यक्रम संचालनमा छ ।

jutta mela

टेक्सास ग्रुप अन्तर्गत टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी पनि सञ्चालनमा छ । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीमा विविए, विआइटी, विसिएस (साइवर सेक्युरिटी एण्ड नेटवर्क टेक्नोलोजी), व्याचलर अफ साइन्स इन हस्पिटालिटी म्यानजेमेन्ट, एमविए, एमसिएस लगायतका कोर्ष संचालन गरिएको आइटी डिपार्टमेन्ट हेड सुमन थपलियाले जानकारी दिए । ति कोर्ष मलेसियाको लिङ्कन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त छन् ।

टेक्सास कलेज अफ म्यानमेन्ट एण्ड आइटीमा म्यानेजमेन्ट र आइटीका उत्कृष्ट शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । जुन विद्यार्थीको आकर्षणमा पर्ने गरेका छन् । सुविधासम्पन्न लाइब्रेरी र ल्याबले विद्यार्थीलाई अध्ययनमा थप सहज बनाएको छ भने समय समयमा गरिने गोष्ठी, सेमिनार, फिल्ड भिजिट जस्ता कार्यक्रम विद्यार्थीका लागि निकै उपयोगी हुने गरेका छन् ।

टेक्सासबाट उत्तीर्ण भएका विद्यार्थीहरु देश तथा विदेशका प्रसिद्ध कम्पनीको व्यवस्थापनको उच्च तहमा रहेर काम गर्न सफल रहेको भाइस प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले बताए । ‘सिपमुलक र जीवनउपयोगी शिक्षामा हामी अग्रणी बन्न सफल छौं , उनले भने ।’
शिक्षक तथा विद्यार्थीको लगनशिलता र मेहनतका कारण अहिलेको अवस्थामा आएका हौं,’ श्रेष्ठले भने, ‘यसमा अभिभावकको पनि महत्वपूर्ण भुमिका छ ।’

विद्यार्थीको सीप, क्षमता तथा दक्षता अभिवृद्धि गर्न कलेजमा शैक्षिकसँगै अन्य अतिरिक्त क्रियाकलाप पनि हुने गरेका छन् भने सैद्धान्तिक तथा प्रयोगात्मक विधीबाट शिक्षण हुन्छ । विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउनुपर्छ भनेर कलेजेले विद्यार्थीलाई रक्तदान, सरसफाई कार्यक्रम, जनचेतनामुलक कार्यक्रम, च्यारिटी सो जस्ता कार्यक्रममा पनि सहभागी गराउँदै आएको छ ।

 

You might also like

Comments are closed.