काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ जारी छ । माघ २३ गते बुधबार शुर भएको एक्स्पो २५ गते शुक्रबारसम्म चल्नेछ । पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।
टेक्सास एजुकेसन नेटवर्कका सदस्य, सूचना प्रविधिमा विशेष चासो राख्ने व्यक्ति, विद्यार्थी, उद्योगी, शिक्षाबिद लगायतको उपस्थिति रहेको एक्स्पो सूचना प्रविधिका वारेमा बुझ्न चाहनेका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।
एक्स्पो अवलोकनका लागि विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कलेजका .विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण पोखरेलले जानकारी दिए । ‘एक्स्पो अवलोकनसँगै विद्यार्थीले सूचना प्रविधिका वारेमा छलफल तथा अन्तरक्रियामा सहभागिता जनाएका छन्’, उनले भने ।
सूचना प्रविधिका वारेमा बुझ्न चाहनेका लागि एक्स्पो कोशेढुङ्गा बन्ने आयोजकको विश्वास छ । कार्यक्रममा नास्टका सचिव डा.रवीन्द्र ढकाल बिशेष अतिथि थिए । कार्यक्रममा सूचना तथा संचार मनत्रालयका आइटी विज्ञ डा. शालिग्राम पराजुली, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष कमलेकुमार अग्रवाल, क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारी लगायतको उपस्थित थियो ।
Comments are closed.