टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुलद्वारा एसइइमा उत्कृष्ट नतिजा

काठमाडौं । सिफल काठमाडौंमा रहेको टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुलले २०७७ सालकोे एसइइमा उत्कृष्ट नतिजा हासिल गरेको छ । एसइईमा सहभागी ४३ जना विद्यार्थीमध्ये ६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।

३ जनाले ३.९५, ९ जनाले ३.९, ७ जनाले ३.८५, ५ जनाले ३.८, ५ जनाले ३.७५, २ जनाले ३.७, ४ जनाले ३.६५ र २ जनाले ३.६ जिपिए प्राप्त गरेको विद्यालय कोअर्डिनेटर लेखराज घिमिरेले आर्थिक आवाजलाई जानकारी दिए ।

विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै  आइरहेको विद्यालयका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले बताए । ‘पूर्ण पारिवारिक वातावरणमा पठन पाठनको व्यवस्था छ,’ उनले भने, ‘यहाँको शैक्षिक वातावरण जस्तै एसइइको नतिजा पनि प्राप्त हुँदा हामी निकै खुसी छौं ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.