काठमाडौं । टेक्सास कलेजले आइटी फाउण्डेसन ट्रेनिङ कोर्षहरु निःशुल्क प्रदान गर्ने भएको छ । कक्षा १२ सकेर बसेका विद्यार्थीलाई कलेजले उक्त कोर्ष निःशुल्क प्रदान गर्ने भएको हो । आगामी मंसिर १ गतेबाट कोेर्ष सुरु हुने कलेजका प्रिन्सिपल तथा प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलले जानकारी दिए ।
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समयको सदुपयोग हुने तथा आइटीसँग सम्बन्धित ज्ञान बढाउने उद्देश्यले यो कोर्ष सुरु गर्न लागिएको उनले बताए । आइटी कस्तो विषय हो, आइटी पढ्ने विद्यार्थीको भविष्य कस्ता हुन्छ र सम्भावनाहरु केके छन् भन्ने बारे उक्त कोर्षमा विद्यार्थीलाई जानकारी दिइनेछ ।
कलेज भर्ना भएपछि हुने असुविधा, अन्योल तथा समस्याहरुका बारेमा विद्यार्थीलाई पूर्व जानकारी दिन पनि यो कोर्ष उपयोगी हुने कलेजले विश्वास लिएको छ । ‘एसईई परीक्षा दिएपछि जसरी ब्रिज कोर्ष गरिन्थ्यो त्यसरी नै कक्षा १२ पछि आइटी क्यारियरको लागि यो ब्रिज कोर्ष जस्तै हो,’ पोखरेलले भने ।
आइर्ट कोर्ष तथा अध्ययनसँग सम्बन्धित विषयबस्तुमा केन्द्रित रहेर प्राक्टिकल काउन्सिलिङ कक्षा सञ्चालन गर्न लागिएको कलेजका आइटी डिपार्टमेन्ट हेड सुमन थपलियाले जानकारी दिए । ‘निःशुल्क सञ्चालन हुने यो कोर्षबाट आइटीसँग चासो राख्ने विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
आइटी फाउण्डेसन ट्रेनिङका प्रमुख आकर्षणमा IT Network Essential, CCNA, CEH, CND लगायत रहने बताइएको छ ।
Comments are closed.