नेपालमा साइबर सेक्युरिटी सम्बन्धी जनचेतना जगाउँदै डा. रामहरि

काठमाडौं । टेक्सास कलेजका विद्यार्थीलाई डा. रामहरि सुवेदीले साइवर सेक्युरिटी सम्वन्धी जनचेतनामुलक प्रशिक्षण दिएका छन् । इसिपिआई युनिभर्सिटीका प्रोफेसर सुवेदी साइवर सेक्युरिटी इन्टरनेशनल साइवर सेक्युरिटी फ्यासिलिटेटर पनि हुन् । कोलम्वस टेक्नोलोजी सपोर्टिङ नेशनल एरोनोटिक एण्ड स्पेस एडमिनिष्ट्रेसनका सिस्टम इन्जिनियर पनि हुन् । उनले नर्थ सेन्ट्रल युनिभर्सिटीबाट पिएचडी गरेका छन् ।

डा. सुवेदी अमेरिकको भर्जिनिया स्टेटमा बस्छन् । डा. सुवेदी डिसेम्बरको पहिलो साता नेपाल आएका हुन् र मध्य जनवरी २०२२ सम्म नेपालमा रहने छन् । नेपालमा रहेको समयमा उनले टेक्सास कलेजमा मंगलबार विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीहरुसँग अन्तरक्रियामा जुटेका हुन् । सूचना तथा प्रविधि क्षेत्रमा भएको दु्रत विकाससँगै साइबर सुरक्षाको चुनौतिसमेत बढेको बताउँदै उनले साइबर सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

jutta mela

नेपाल बसाईंका क्रममा काठमाडौं, चितवन, पोखरा लगायतका स्थानमा उनी पुगेका छन् । टेक्सास कलेज, प्रेसिडेन्टियल कलेज, लिटिल एन्जल, तार्केश्वर नगरपालिका, भरतपुर महानगरपालिका, राइज मिडिया नेटवर्क, एडमिन कलेज, लगायतका स्थानमा उनले साइवर सेक्युरिटी सम्वन्धी कक्षा संचालन गरिसकेका छन् । आगामी दिनमा युवा परिषद भक्तपुर, गण्डकी प्रदेश मन्त्री मण्डलका सदस्य, चितवनमा न्यायाधीस र अधिवक्तालाई साइवर सेक्युरिटी सम्वन्धी प्रशिक्षण दिने बताइएको छ ।

उनले साइवर सेक्युरिटी इन डेभलपिङ कन्ट्री र साइवर सेक्युरिटी सिचुएसन इन नेपाल प्रकाशन गरेका छन् कृष्णराज ढकाल साइवर सेक्युरिटी सम्वन्धी जनचेतनामुलक प्रशिक्षणको टिम मेक्बरका रुपमा छन् ।

You might also like

Comments are closed.