टेक्सासमा शनिबार हुने रोवोटिक्स प्रतियोगिताको तयारी पुरा

काठमाडौं । टेक्सास कलेज र जिविएस टिमको आयोजना शनिबार हुने एफभिपि ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिताको तयारी पुरा भएको छ । टेक्सास कलेजमा हुने प्रतियोगितामा १५ टोलीको सहभागीता रहनेछ । प्राविधिक क्षमता र रोबोटिक्सका बारेमा ज्ञान तथा अनुभव आदान प्रदानका लागि प्रतियोगिता फलदायी हुने आयोजकको विश्वास छ ।

नेपालमा बलियो प्रविधि र अटोमेसनलाई साना स्तरबाट सुरुगरि ठुलोस्तरमा ल्याउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइएको छ । प्रतियोतिाको मूख्य उद्देश्य भनेको रोबोटले कसरी त्रुटीरहित तरिकाले काम गर्नसक्छ भन्ने सन्देश प्रवाह गर्नु रहेको बताइएको छ ।

पैदल हिडेर जान नसकिने स्थानमा पनि रोबोट पुग्न सक्छ जसकोे कारण क्षतीको प्रकृति र गम्भिरता अध्ययन गर्न सहज हुन्छ । यस प्रतियोगिताको लागि रोबोटहरुले विभिन्न भू-भागहरु र कठिनाईहरु जस्तै ग्राभेल सडक, बलौटे बाटो, पानी, सुरुङ, आदि पार गर्न सक्षम हुनुपर्छ । प्रतियोगिता सम्पूर्ण सहभागीका लागि सिकाईको उत्कृष्ट माध्यम बन्ने र नविन सोचको विकास गर्ने स्थान बन्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा बिजेता हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उप बिजेता हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिजेता र उप बिजेता बाहेक सहभागी अन्य टोलीले रिडेम्सनको मौका पाउने र ५ हजार रुपैयाँ जित्न सक्नेछन् । सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ ।

You might also like

Comments are closed.