काठमाडौं । टेक्सास कलेज र जिविएस टिमको आयोजना शनिबार सम्पन्न भएको एफभिपि ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिताको उपाधि अनुभव बस्नेतले जितेका छन् । डिस्ट्रक्टर टिमको प्रतिनिधित्व गर्दै उनी प्रतियोगितामा सहभागी भएका थिए । बिजेता बनेका बस्नेतले नगद २५ हजार सहित ट्रफी र सर्टिफिकेट जितेका छन् ।
त्यस्तै क्रान्तिवीर टिमका पवन भण्डारीले रनरअपको उपाधि जितेका छन् । उनले ट्रफी र सर्टिफिकेटको साथमा नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
टेक्सास कलेज परिसरमा आयोजित प्रतियोगितामा १२ टोली सहभागी भएका थिए । प्राविधिक क्षमता र रोबोटिक्सका बारेमा ज्ञान तथा अनुभव आदान प्रदानका लागि प्रतियोगिता फलदायी भएको आयोजकको भनाइ छ ।
नेपालमा बलियो प्रविधि र अटोमेसनलाई साना स्तरबाट सुरुगरि ठुलोस्तरमा ल्याउन सबैको ध्यान केन्द्रित हुनुपर्ने कलेजका भाइस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ बताउँछन् । ‘प्रतियोतिाको मूख्य उद्देश्य भनेको रोबोटले कसरी त्रुटीरहित तरिकाले काम गर्नसक्छ भन्ने सन्देश प्रवाह गर्नु थियो,’ उनले भने, ‘प्रतियोगिता सफल भएको छ । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’
प्रविधिमा चासो बढाउन तथा सम्भावनाहरुको पहिचान गर्नका लागि यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने कलेजका आइटी हेड सुमन थपलियाले बताए ।






Comments are closed.