शैक्षिक क्षेत्रमा ‘टेक्सास इन्टरनेशनल कलेज’ को नाम नसुन्ने सायद कमै होलान् । काठमाडौं उपत्यकामा मात्रै होइन, देशैभर शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बेग्लै बनाएको छ । यसको उत्कृष्ट कार्यले देशैभर चर्चा हुने गरेको पाइन्छ । उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । समयानुकुल शिक्षा प्रदान गर्दै आएको टेक्सासले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सीप मात्र नभई व्यवहारिक तथा प्रयोगात्मक सिकाईमा जोड दिने गरेको छ ।
काठमाडौंको चावहिलस्थित मित्रपार्कमा टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस कलेजले अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्दै आइरहेको छ । सामाजिक विज्ञान, विज्ञान र प्रविधि तथा व्यवस्थापनको क्षेत्रमा योग्य र दक्ष जनशक्तिको बढ्दो माग पूरा गर्न सफल बनेको छ टेक्सास ।
यस कलेजमा बिएस्सी सिएसआइटी, बिबिएम, बिबिएस, बिएसडब्लु र एमविएस अध्यापन हुँदै आएको छ । युवा तथा अनुभवी शिक्षाविद् तथा सफल उद्यमीको सक्रियतामा सञ्चालित यस कलेजमा विद्यार्थीको आकर्षण बढिरहेको छ । शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव सङ्गालेका क्षमतावान व्यक्तिको समूह कलेजमा आबद्ध छ ।
कलेज सञ्चालनमा युवा जनशक्तिको जुझारु टिम नै आजको युगअनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने अब्बल जनशक्ति उत्पादनमा ध्यान केन्द्रीत बनेको छ । देश तथा विदेशमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सञ्चालित कलेजले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेको छ । कलेजले सुलभ शुल्क लिएर गुणस्तरीय शिक्षा, नवीनतम् विधि तथा प्रविधिकोे प्रयोग गरी सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट शिक्षण गर्दै आइरहेको छ ।
कलेजमा परिष्कृत कम्प्युटर ल्याव, रोबोटिक्स ल्याव, एआई ल्याव, ई–लाइब्रेरी, स्पेसिफिक वर्कसप, करियर सर्भिस सेन्टर, व्यवस्थित कक्षाकोठा, एक्स्ट्रा कोचिङ क्लास, होस्टल, नेटवर्किङ, स्वच्छ खाना तथा खाजाका लागि क्यान्टिनको राम्रो प्रबन्ध छ ।
चावहिलको सिफलमा रहेको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले विविए र एमविएका कक्षा सञ्चालन गरिरहेको छ । आइटी उद्योगमा अनिवार्य गरिएको इन्टर्नसिपलाई मध्यनजर गर्दै साइवर सेक्युरिटी र नेटवर्क टेक्नोलोजी पनि सञ्चालनमा छन् ।
व्यवस्थापन र सूचना प्रविधि विषयमा क्रेडिट ट्रान्सफर सुविधाको साथ विश्वस्तरीय शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वविद्यालयको सहयोगी साझेदारका रुपमा कलेजले शिक्षा प्रदान गरिरहेको छ । विद्यार्थीको आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था समेत रहेको कलेजले जनाएको छ ।
विद्यार्थीको ज्ञान, सीप र क्षमताको विकासको लागि नवीनतम् विधि तथा प्रविधिको प्रयोग गरी सैद्धान्तिक र व्यवहारिक रुपमा विद्यार्थीमैत्री वातावरणमा शिक्षा प्रदान गर्दै आइरहेको यस कलेजले विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधि पनि सञ्चालन गर्दै आइरहेको कलेजका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले बताए । “विद्यार्थीमा स्पिरिचुअल्ली अवेर, स्मार्ट एण्ड स्किल्ड (थ्रि एस) जस्ता क्वालिटी डेभलप हुनुपर्छ, टेक्सासमा अन्य कलेजमा भन्दा केही फरक शिक्षा छ भनेर हामीकहाँ आएका विद्यार्थीलाई उनीहरुले खोजेजस्तै शिक्षा दिनुपर्छ भनेर लागि परेका छौँ, सो अनुसार नै हाम्रो जनशक्ति उत्पादन भइरहेको छ” प्रिन्सिपल श्रेष्ठले भने ।
उनका अनुसार पाठ्यपुस्तक, सन्दर्भ पुस्तक, जर्नल, पत्रपत्रिका, अनुसन्धान रिपोर्ट जस्ता अन्य वस्तुको पर्याप्त सङ्ग्रहको साथ समृद्ध सूचना केन्द्र रहेको यस कलेजमा अनलाइन शिक्षण सिकाइ गतिविधिलाई सहज बनाउन विद्यार्थीका व्यक्तिगत आईडीको व्यवस्था छ । कलेजले गेस्ट लेक्चर एण्ड इन्फरमेसन सेसन, गोष्ठी तथा सेमिनार, पाठ्यक्रम र असाइनमेन्ट ,व्यक्तिगत तथा समूह प्रस्तुतीकरण, रिसर्च एण्ड प्रोजेक्ट बेस्ड वर्क, केस स्टडी, थेसिस, फिल्ड भिजिट, टे«निङ एण्ड डेभलपमेन्ट, इन्टर्नसिप एण्ड प्लेसमेन्ट लगायतमा जोड दिदै आएको छ ।
अध्ययनसँगै करियरमा अगाडी बढ्न करियर काउन्सिलिङ तथा जीवन जिउँने कला पनि विद्यार्थीलाई सिकाउँदै आएको कलेजका बिजनेश डिरेक्टर नारायण पोखरेलले बताए । “विद्यार्थीलाई हामीले उनीहरुको चौतर्फी विकासका लागि विभिन्न कुरामा सिकाई प्रदान गर्दै आइरहेका छौँ, हामीले जुन उद्धेश्यले शिक्षा प्रदान गरेका छौँ सो अनुसार नै जनशक्ति उत्पादन हुँदा हामी सन्तुष्ट छौँ” उनले भने,–“शिक्षण सिकाईको क्रममा हामीकहाँबाट उत्र्तिण भएर अन्यत्र गएका विद्यार्थीले जनुसुकै क्षेत्रमा पनि प्रतिष्पर्धा गर्न सक्ने भएका छन्” ।
Comments are closed.