टेक्सास कलेज बिआईटी प्रथम सेमेस्टरका विद्यार्थीले उडाए विमान !

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी अन्तर्गतका बिआईटी प्रथम सेमेस्टरका विद्यार्थीले एरोनॉटिकल (विमान) ट्रायल फ्लाइट सम्पन्न गरेका छन् । जरसिंह पाउवामा आयोजित एक कार्यक्रमबीच उनीहरुले ट्रायल फ्लाइट सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

कार्यक्रमको उद्घाटन शङ्करापुर नगरपालिकाका मेयर रमेश नापित तथा उप–मेयर समीता श्रेष्ठले गरेका थिए ।

विद्यार्थीले कलेजमा ३० घण्टाको सैद्धान्तिक तालिम तथा प्रयोगशालामा थप ३० घण्टाको प्रयोगात्मक प्रशिक्षण प्राप्त गरेका थिए । कुल ६० घण्टाको प्रशिक्षण अवधिमा विद्यार्थीले आइओटी तथा रोबोटिक्ससम्बन्धी १५ वटा परियोजनाको निर्माण समेत सम्पन्न गरेका छन् । ती परियोजनाहरूको प्रदर्शनी यही साउन २३ गते टेक्सास कलेज पसिरमा आयोजना हुने कजेजका आइटी हेड सुमन थपलियाले जानकारी दिए ।

आज परीक्षण गरिएको विमानमा एकवटा इन्जिनसहित उडानका लागि आवश्यक सम्पूर्ण यन्त्रहरू जडान गरिएको थियो । कलेज प्रशासनले यही साउन २३ गते हुने प्रदर्शनीमा सबै उडान पुनः प्रदर्शन गर्ने योजना बनाएको बताइएको छ ।

सूचना तथा प्रविधिको अध्ययनमा अग्रणी पहिचान बनाउन टेक्सास कलेज सफल छ ।

You might also like

Comments are closed.