lcci festival

टेक्सास कलेजमा ‘टेक्सास साइन्स एण्ड आइटी एक्जिव्युसन’ शुरु

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजमा ‘टेक्सास साइन्स एण्ड आइटी एक्जिव्युसन २०८२’ शुरु भएको छ । बुधबार शुरु भएको एक्जिव्युसन ३ दिनसम्म चल्ने छ ।

एक्जिव्युसनमा प्रस्तुत गरिएका सम्पुर्ण आइओटी र रोवोटिक्सका प्रोजेक्ट बिआइटी बिसिएसमा अध्ययनरत प्रथम वर्षका प्रथम सेमेसटरका बिद्यार्थीले ३० घण्टाको प्रोफेसनल ट्रेनिङ लिएपछि तयार पारेको कलेजले जनाएको छ ।

एक्जिव्युसन १५ हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ भने शुरुवातमा नै ४ हजारभन्दा धेरै विद्याार्थीले अवलोकन गरिसकेको र साझँसम्म उत्साहजनक सहभागिता रहने बताइएको छ । एक्जिव्युसनमा गेम जोन, बिएचउमका फुड स्टल, सकर बोर्ड, आइटी प्रोजेक्ट लगायतका ७० स्टल छन् ।

कार्यक्रम उद्घाटनमा बोल्दै कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले विगतका वर्षमा पनि यस्ता एक्जिव्युसन हुने गरेका र आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए । विद्यार्थीले तयार पारेको ड्रोनमार्फत पुष्पवृष्टी गरेर कार्यक्रम उद्घाटन गरिएको हो ।

कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले विद्यार्थीलाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै अगाडी बढ्न सुझाव दिनुका साथै एक्जिव्युसन सफलताको शुभकामना दिए ।

 

You might also like

Comments are closed.