विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा टेक्सासमा

काठमाडौं । देश तथा विदेशमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सञ्चालित कलेज हो टेक्सास इन्टरनेशनल कलेज र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी । शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका तथा क्षमतावान व्यक्तिहरुको समूह आबद्ध रहेको टेक्सास इन्टरनेशनल नेटवर्क भित्र रहेर कलेजले शैक्षिक गतिविधि अगाडि बढाइरहेको छ । टेक्सासको नेटवर्कभित्र कलेजसँगै टेक्सास इन्टर नेशनल मन्टेश्वरी र टेक्सास इन्टरनेशनल स्कुल सञ्चालनमा छन् ।

मन्टेश्वरीदेखि प्लस टु तथा उच्च शिक्षाको लागि टेक्सास उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल भएको बताउँछन् प्रिन्सिपल तथा प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल । टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुल विद्यार्थी माझ एक उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउन सफल रहेको पोखरेलले बताए । ‘टेक्सासमा विद्यार्थीको आकर्षण छ,’ उनले भने, ‘प्रि मन्टेश्वरीदेखि उच्च शिक्षासम्म अध्ययन गर्नका लागि विद्यार्थीको रोजाईमा टेक्सास पर्न सफल छ ।’

म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र साइन्स एण्ड टेक्नोलोजीमा योग्य र दक्ष जनशक्तिको मागलाई परिपूर्ति गर्ने उद्देश्यले शैक्षिक व्यक्तित्व र उद्यमीहरुको पहलमा स्कुल संचालनमा आएको हो । स्कुलले ‘एजुकेसन फर अ कम्प्लिट ह्युमन विइङ’ भन्ने स्लोगनका साथ शुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यालयले नवीनतम विधि तथा प्रविधिकोे प्रयोग गरि सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट शिक्षण गर्दै आइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको सम्वन्धनमा प्लसटुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा उत्कृष्ट शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पोखरेलले जानकारी दिए ।

‘सुविधा सम्पन्न भौतिक संरचना तथा विद्यार्थीलाई अध्ययनको लागि सुविधासम्पन्न लाइब्रेरी तथा ल्याबको सुविधा छ,’ उनले भने, ‘प्रोजेक्ट वर्क, फिल्ड भिजिट, गोष्ठी तथा सेमिनार मार्फत प्रयोगात्मक र सैद्धान्तिक ज्ञान प्रदान गरिरहेको छ ।’ विद्यार्थीको सुविधालाई मध्यनजर गरी यातायातको सुविधा उपलब्ध छ । खाना तथा खाजाको लागि स्वस्थ तथा स्वच्छ काफेटरियाको व्यवस्था छ । अतिरिक्त कोचिङ कक्षाका साथ होस्टलको सुविधा पनि स्कुलमा छ ।

एसइइ टपर छात्रवृत्ती, एसइइ डिष्ट्रिक्ट टपर छात्रवृत्ती, टेक्सास इन्ट्रान्स टपर छात्रवृत्ती, सहिद परिवार छात्रवृत्ती, दुर्गम क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्ती, स्कुल टपर छात्रवृत्ती, एसइइ पर्फमेन्स छात्रवृत्ती, गरिब तथा जेहेन्दार छात्रवृत्ती, अतिरिक्त क्रियाकलापमा उत्कृष्टलाई छात्रवृत्ती लगायतका विभिन्न शीर्षकमा आवश्यकता अनुसार विद्यार्थीलाई छात्रवृत्ती दिदै आएको छ ।

त्यसैगरी टेक्सास इन्टरनेशनल कलेज सन् २०१० बाट संचालनमा आएको हो । विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाई कलेजमा हुन्छ । कलेजले विएससी (सिएसआइटी), विसिए, विविएम, विविएस, विएका कोर्ष संचालन भएका छन् । त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा एमविएस संचालनमा छ । दक्ष, अनुभवी तथा विषयवस्तुमा दक्षता हासिल गरेका प्राध्यापकले कलेजमा प्राध्यापन गर्दै आइरहेको प्रिन्सिपल पोखरेलले बताए । ‘कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरुद्वारा सकारात्मक मनोविज्ञान तथा व्यक्तित्व विकास सम्वन्धी कुरा पनि सिकाउने गरेको छ,’ उनले भने ।

टेक्सास ग्रुप अन्तर्गत नै टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी कलेज सञ्चालनमा छ । व्यवस्थापन र आइटी क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यक पर्ने दक्ष र योग्य जनशक्ति परिपूर्ति गर्ने उद्देश्यले शैक्षिक व्यक्तित्व र व्यवसायीले संचालन गरेको कलेज हो यो ।

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीमा विविए, विआइटी, विसिएस (साइवर सेक्युरिटी एण्ड नेटवर्क टेक्नोलोजी), व्याचलर अफ साइन्स इन हस्पिटालिटी म्यानजेमेन्ट, एमविए, एमसिएस लगायतका कोर्ष संचालन गरिएको छ जुन मलेसियाको लिङ्कन युनिभर्सिटी सँग सम्वन्धन प्राप्त छन् । व्यवहारिक ज्ञानसहित अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न कलेज सफल रहेको बताउँछन् आइटी डिपार्टमेन्ट हेड सुमन थपलिया ।

प्रविधिमैत्री शिक्षामा जोड दिदै आधुनिक र व्यवहारिक शैलीमा पठन पाठन गराउन टेक्सास कलेज र स्कुल सफल रहेको भाइस प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले बताए । ‘ग्रुप अन्तर्गतका इनहाउस कम्पनीमा विद्यार्थीलाई इन्टर्न तथा जब प्लेसमेन्टको व्यवस्थासमेत हामीले मिलाएका छौं,’ उनले भने । यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरु देश तथा विदेशका प्रशिद्ध कम्पनीहरुको व्यवस्थापनको उच्च तहमा रहेर काम गर्न सफल भइसकेका छन् । ‘सिपमुलक र जीवनउपयोगी शिक्षामा हामी अग्रणी बन्न सफल छौं,’ उनले भने, ‘यहाँबाट उत्तीर्ण भएका विद्यार्थी बेरोजगार बस्नुपर्दैन ।’

प्रा.डा. केशवकुमार श्रेष्ठ, अध्यक्ष

शिक्षा किताबका पानाको साघुरो घेराको ज्ञानमा मात्र सीमित हुँदैन । भुगोल संस्कृत र राष्ट्रको साघुरो अवरोध पार गर्छ र पूर्णताको खुला मार्गमा आउँछ । टेक्सास परिर्वतन र सुधारका लागि प्रतिवद्ध छ । विद्यार्थीको ज्ञान, सिप र क्षमताको विकासको लागि नवीनतम विधि तथा प्रविधिको प्रयोग गरि सैद्धान्तिक र व्यवहारिक रुपमा विद्यार्थी मैत्री वातावरणमा शिक्षा प्रदान गर्दै आइरहेका छौं ।

टेक्सासमा आउने विद्यार्थी निकै उत्साही हामी पाउछौं । यहाँँको शैक्षिक प्रकृया तथा सुविधाबाट विद्यार्थी सन्तुष्ट छन् । विद्यार्थीले अधिकतम दक्षता हासिल गरिरहेका छन् । हामीले उत्पादन गरेका विद्यार्थी आफ्नो क्षेत्रमा सफल र सक्षम बनेको हामी पाउछौं । हामीले लिएका शैक्षिक लक्ष्य र उद्देश्य पुरा गर्न सबैको साथ र सहयोग रहनेमा हामी ढुक्क छौं । सफलताका लागि हामी निरन्तर मेहनत तथा परिश्रम गरिरहेका छौं ।

भेषराज पोखरेल, सिइओ तथा प्रिन्सिपल

हामी विद्यार्थीलाई टेक्सासमा स्वागत गर्न आतुर छौं । विद्यार्थीलाई शैक्षिक र सामाजिक रुपमा सहयोग गर्ने हाम्रो उद्देश्य हो । अहिलेको प्रतिश्पर्धात्मक विश्वमा प्रतिश्पर्धा गर्न सक्ने सक्षम तथा सबल विद्यार्थी उत्पादन गर्न हामीले धेरै मेहनत गरिरहेका छौं ।

जिम्मेवार नागरिक बनेर आफ्नो लक्ष्यमा पुग्न हामी विद्यार्थीलाई प्रेरित गर्छौ । दक्ष तथा अनुभवी प्राध्यापकले विद्यार्थी मैत्री वातावरणमा प्राध्यापन गर्ने हुँदा विद्यार्थीको रोजाइमा पर्न सफल छौं ।

विद्यार्थीको सीप, क्षमता तथा दक्षता अभिवृद्धि गर्न कलेजमा शैक्षिकसँगै अन्य अतिरिक्त क्रियाकलाप पनि हुने गरेका छन् भने सैद्धान्तिक तथा प्रयोगात्मक विधीबाट शिक्षण गरिरहेका छौं ।

सुमन थपलिया, आइटी डिपार्टमेन्ट हेड

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीको स्थापना सन् २००९ मा भएको हो । टेक्सास कलेज अफ म्यानमेन्ट एण्ड आइटी एक गतिशील शैक्षिक संस्था हो जहाँ म्यानेज मेन्ट र आइटीका उत्कृष्ट शैक्षिक कार्यक्रम संचालन भएका छन् ।

विद्यार्थीलाई छात्रवृत्तीका लागि कलेजले विभिन्न कोटा निर्धारण गरेको छ र विद्यार्थीको आवश्यकता हेरी छात्रवृत्ती प्रदान गर्छौं । सुविधासम्पन्न लाइब्रेरी र ल्याबले विद्यार्थीलाई अध्ययनमा थप सहज बनाएको छ भने समय समयमा गरिने गोष्ठी, सेमिनार, फिल्ड भिजिट जस्ता कार्यक्रम विद्यार्थीका लागि निकै उपयोगी हुने गरेका छन् ।

सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने भावना कलेजले जागृत गराउने हुँदा रक्तदान, सरसफाई कार्यक्रम, जनचेतनामुलक कार्यक्रम, च्यारिटी सो जस्ता कार्यक्रममा पनि विद्यार्थी को सक्रियता रहन्छ ।

You might also like

Comments are closed.