काठमाडौं । डेरी उद्योगी थानेश्वर न्यौपाने सम्मानित भएका छन् । नेकपा एमाले निकट केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागले उनलाई सम्मान गरेको हो ।
राजधानी काठमाडौंमा आयोजीत ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण’ विषयक नीति सम्वाद कार्यक्रमको अवसरमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई सम्मान गरेका हुन् ।
न्यौपाने ग्लोबल डेरी प्रालिका सञ्चालक हुन् । नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा समेत रहेका न्यौपानेले नेपालको कृषि तथा डेरी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।
नेपालको डेरी क्षेत्रमा थप सक्रियताका साथ काम गर्न सम्मानले सकारात्मक प्रेरणा मिलेको न्यौपानेले बताए ।
Comments are closed.