अभिभावकीय भूमिका निभाउँदै ‘थ्याङ्क्यु होस्टल’

आफ्ना बालबालिकाको भविश्य प्रति चिन्तित नहुने अभिभावक को होला ? त्यसमाथि आफूले निरन्तर समय दिएर उनीहरूको रेखदेखमा गर्न नभ्याउने अभिभावकका आफ्नै पीडा छन् । आफूहरूको प्रत्यक्ष निगरानी नभएपनि कम्तीमा आफ्ना बच्चाको खानपान, वृद्धि विकासदेखि अध्ययन अध्यापनमा ढुक्क बन्नु जोकोही व्यस्त अभिभावकको सपना हुन्छ । अहिले बजारमा यस्तै समस्या समाधानको लागि विभिन्न केयर सेन्टर, होस्टल लगायत सञ्चालनमा छन् । यसै मध्येको एक हो काठमाडौंको सुकेधारामा रहेको थ्याङ्क्यु होस्टल । यो होस्टलले बालबालिकालाई अभिभावक भूमिका र घरको वातावरणमा कमी हुन नदिने गरी उनीहरूको सर्वाङ्गिण विकासमा ध्यान पुराउँदै आएको निर्देशक मुकीता अर्याल जोसीको दावी छ । थ्याङ्क्यु होस्टल को विशेषता लगायत विषयमा आर्थिक आवाजकर्मी दीपा रेग्मीले गरेको कुराकानी ।

थ्याङ्क्यु होस्टल कुन अवधारणाले सञ्चालनमा ल्याउनुभएको हो ?
थ्याङ्क्यु होस्टल थ्याङ्क्यु ट्राभल्सको सिस्टर कन्सर्न हो । विशेष गरी डिपेन्डेन्टमा जापान लगायत विभिन्न देशमा जानुभएका परिवारका दिदी बहिनीको आग्रहमा बालबालिकालाई लक्षित गरी होस्टल सञ्चालनमा ल्याएका हौं । उहाँहरूको छोराछोरीको अध्ययन तथा रेखदेखका लागि होस्टेल सञ्चालन गरेका छौं ।

जापानमा छोरोछोरीले नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यालय पाउन गाह्रो हुने र अंग्रेजी माध्यमका लागि अफोर्डेवल नभएकाले नेपालमा नै राखेर पढाउने चाहनाअनुसार थ्याङ्क्यु होस्टलको जन्म भएको हो । आफूहरूले घरमा हजुरबुवा हजुरआमासँग बच्चा छाड्दा उहाँहरूको मायाले बच्चाहरू झन फुर्किने तथा पढाइमा मन नलगाउने कारण होस्टलमा राख्न चाहेको पाइन्छ ।

jutta mela

थ्याङ्क्यु होस्टलको विशेषता के हो ?
पढाईसँगै सही संस्कार पनि आवश्यक पर्ने हुँदा बच्चालाई राम्रो संस्कार विकास गराउन र उनीहरूका अभिभावहरूको आग्रहमा होस्टल सञ्चालन गरिएको हो । अहिले बढिरहेका विभिन्न घटनाक्रमका कारण पनि अभिभावकले बालबालिका छाड्न अप्ठ्यारो पर्ने गरेका कारण हाम्रोमा बच्चा राख्दा ढुक्क भएको पाएका छौं । उहाँहरू ‘तपाईले होस्टल सञ्चालन गर्नुभएमा छोराछोरी सुरक्षित स्थानमा राखेर ढुक्क भएर छोड्न सक्छौं’ भन्नुहुन्छ, यसले हामीलाई काम गर्न थप हौसला मिलेको छ ।

आफूले कमाएको केही पैसा होस्टलमा पे गरिरहनु भएको छ । आफ्नो बच्चाको भविश्यको लागि उहाँहरूले लगानी गर्नुभएको हो । यही कुराले पनि हामीलाई थप जिम्मेवार बनाउँछ । बच्चा होस्टलमा सुविधा सम्पन्न र सुरक्षित तवरबाट बस्दा आफूहरूले विदेशमा ढुक्कसँग बसेर कमाइ गर्न सक्छौं भन्ने उहाँहरूको अपेक्षा पनि हो । हामी उहाँहरूले गरेको आग्रह, सम्मान र विश्वासका कारण होस्टल चलाउन सफल भएका छौं ।

साना बच्चालाई कसरी घरको वातावरण प्रदान गर्ने कोशिश गर्नुभएको छ ?
हामीले सम्बन्धित निकायमा दर्ता गरेर सबै प्रक्रिया पुरा गरी होस्टल चलाएका छौं । बालबालिकालाई आफ्नो अभिभावकको मायाको कमी महसुस नहुने गरी पारिवारिक वातावरणमा होस्टल सञ्चालन गरेका छौं भने फि पनि अर्फोडेवल तथा रिजनेवल छ । हामी डे केयर सञ्चालन गर्ने तयारीमा पनि छौं । यसको लागि हामीसँग प्रशस्त जग्गा छ । १० वर्षभन्दा साना बच्चा होस्टलमा बस्न आएमा तथा डे केयरमा आएमा आयल मसाज पनि गरिदिन्छौं । हाइजेनिक खाना तथा स्वस्छ वातावरण छ ।

बच्चाहरू सिक्ने समयमा हुने हुदाँ हामीले धेरै कुरामा ख्याल गर्नुपर्छ । काम गर्ने स्टाफ पनि सोही अनुसार राख्नुपर्छ । वर्किङ प्यारेन्ट्सलाई फोकस गरेका छौं । सुकेधारामा हाम्रो होस्टल तथा डे केयर सेन्टर छ । १० जना बच्चा भएपछि गाडीको सुविधा पनि दिन्छौं । २ वर्षभन्दा माथिका बच्चालाई राख्छौं । कक्षा ८ सम्म अध्ययन गर्दासम्म हामी राख्छौं । २५ जना क्षमताको छ । अहिले पहिलो वर्ष भएकाले २५ जना नै राख्दैनौं । १० देखि १२ जनासम्म राख्छौं ।

एउटै घरमा दाजु बहिनी, दिदीभाई बसेजस्तै गरेर राखेका छौं । उनीहरूलाई यो पनि घरको हो र सोहीअनुसारको वातावरण छ । बच्चाहरूको हरेक रुममा एक जना सिस्टर सुत्नुहुन्छ ।

होस्टलले दिने सेवा, सुविधा, वातवारण सबै कुराले बच्चा खुसी भएर बस्नुभएको छ । बच्चालाई प्रतिदिन कति क्यालोरी आवश्यक पर्छ सोही अनुसार खुवाउछौं । छोराछोरीलाई समय दिन नभ्याउने अभिभावककोलागि उपयुक्त रोजाई थ्याङ्क्यु होस्टल नै हुनेछ ।

You might also like

Comments are closed.