द क्लिफ रिसोर्टमा हाइ रोप स्टेसन र बन्जी पुलमा राँको शैलीको सोलार बत्ती

पर्वत । एसियाकै नमूना झलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा हाइ रोप स्टेसनको निर्माण गरेको छ । स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो भएको बताइएको छ ।

साथै बन्जीका लागि बनाइएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती राखिएको छ । ५ सय २५ मिटर लामो पुलमा वारपार राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिने कार्की बताउँछन् ।

साथै रिसोर्टमै भगवान पाइलाको निर्माण भइरहेको छ । जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन् । पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाईमा रहने बताइएको छ । पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ ।

यस्ता खालका गतिविधिले पर्यटकलाई उचाईको डरसँग सामना गर्न सगाउने बताउँदै कार्की थप्छन् ‘भोलिका दिनमा पनि अन्य सहासिक गतिविधि थप्दै लैजाने योजना रहेको छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...