मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढदा ६१ खर्ब पुग्यो

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ ।

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । राजस्व यो वर्ष १ खर्ब ८ अर्बले र पुजीगत खर्च ३६ अर्बले बढेको पनि मन्त्रालयले सार्बजनिक गरेको सुचीमा उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयले बिहीबार अर्थतन्त्रसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुगेकोसमेत दाबी गरिएको छ । अर्थ मन्त्रालयले सार्बजनिक गरेको अधिकांश सूचकहरुमा सुधार आएकोसमेत जनाएको हो ।

जसअनुसार यातायात, निर्माण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन, विद्युत तथा ग्याँस, व्यापार, बैंक तथा बिमा, उद्योग, खानी, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, वैज्ञानिक सेवा, आवास तथा भोजनलगायतका क्षेत्र सकारात्मक बनेको मन्त्रालयको भनाइ छ ।

यसैगरी, रेमिट्यान्समा १५.५ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । आयात पनि चालु आर्थिक वर्ष १३.१ प्रतिशतले बढेको उल्लेख गर्दै मन्त्रालयले निजी क्षेत्रमा प्रवाहीत कर्जा ८.७ प्रतिशतले बढेको जनाएको छ ।

You might also like

Comments are closed.