द नेक्स्टको आयोजनामा अष्ट्रेलियन एजुकेसन फेयर हुने

काठमाडौं । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि.को आयोजनामा अष्ट्रेलियन एजुकेसन फेयर हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर फेयरको आयोजना गरिएको हो ।

२६ अगस्ट शुक्रबार होटल एभरेष्टमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेयर संचालन हुने द नेक्स्टले जनाएको छ । अष्ट्रेलियाका ख्यातिप्राप्त कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई विद्यार्थीले प्रत्यक्ष भेट्न पाउनेछन् । अन द स्पट स्कलरसिप र एससमेन्टका लागि विद्यार्थीले एकेडेमिक डकुमेन्ट ल्याउनुपर्ने छ ।

फेयरमा सहभागी हुने विद्यार्थीले विभिन्न गिफ्ट ह्याम्पर र स्पेशल प्रिभिलेज कार्ड प्राप्त गर्नेछन् । फेयरमा विद्यार्थी निःशुल्क प्रवेश गर्न पाउनेछन् ।

You might also like

Comments are closed.