काठमाडौं । द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले १९औं वार्षिकोत्सव मनाएको छ । संस्थाले कार्यालयमा शुभकामना आदानप्रदान गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा प्रालिका प्रमुख कार्यकारी अधिकृत सालिकराम भण्डारीले कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक, शुभेच्छुक लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको रोजाईमा द नेक्स्ट पर्दै आइरहेको छ ।
द नेक्स्टले अष्ट्रेलिया, क्यानडा, युएसए, युके, न्युजिल्याण्ड र आयरल्याण्डमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको मार्केटिङ तथा ब्राण्डिङ हेड रुबी अग्रवालले जानकारी दिइन् ।
Comments are closed.