काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन डे २०२५’ सम्पन्न भएको छ ।
शनिबार नयाँ बानेश्वरको द नेक्स्ट सेन्टरमा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन भएको ‘एडमिसन डे’ मा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । एडमिसन डे मा लुम्किनी लायन्स टिमको पनि सहभागिता रहेको थियो ।
अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, नेदरल्याण्ड, युएई, लगायतका देशका विभिन्न युनिर्भसिटीका प्रतिनिधि तथा भिसा एक्स्पर्टलाई प्रत्यक्ष भेटेर विद्यार्थी तथा अभिभावकलाई सत्य तथ्य जानकारी लिने महत्वपूर्ण अवसर बनेको थियो एडमिसन डे ।
‘एडमिसन डे’ मा सहभागी विद्यार्थीले १ हजार ५ सय रुपैयाँभन्दा बढीको आइएलटिएस, पिटिइ प्राक्टिस बुक, निःशुल्क स्पेशल प्रिभिलेज कार्ड, विभिन्न आकर्षक उपहार प्राप्त गरेका थिए ।









Comments are closed.