ईरानका करिब ३० इन्धन ट्याङ्क र तेल डिपो इजरायलको निशानामा

एजेन्सी । अमेरिका–इजरायल र ईरानबीच बीच जारी युद्ध नवौँ दिनमा पुगेको छ । यसबीच इजरायलले ईरानका तेल भण्डारणसँग सम्बन्धित संरचनामाथि आक्रमण सुरु गरेको जनाएको छ । इजरायली सञ्चारमाध्यम यनट का अनुसार इजरायली सेनाले ईरानका करिब ० वटा इन्धन ट्याङ्क तथा विभिन्न तेल डिपोहरूलाई निशाना बनाएको छ ।

युद्ध चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ईरानले अन्ततः हार स्वीकार गर्नुपर्ने बताएका छन् । उनका अनुसार ईरानले युद्ध जारी राख्न नसक्ने अवस्थामा पुग्नुपर्छ वा अन्ततः आत्मसमर्पण गर्नुपर्ने अवस्था आउनेछ । ट्रम्पले भने, “या त ईरानले आफैं आत्मसमर्पण गर्छ, वा उसको सैन्य क्षमता यति कमजोर बनाइनेछ कि उसले लड्न सक्ने अवस्था नै रहने छैन ।”

उता इरानी सेनाले भने अमेरिकालाई कडा चेतावनी दिएको छ । फारस खाडी क्षेत्रमा अमेरिकी युद्धपोत आएमा समुद्रमा डुबाइदिने चेतावनी ईरानले दिएको हो । यो चेतावनी त्यतिबेला आएको हो जब ट्रम्पले अमेरिकी नौसेनाले तेल ट्याङ्करहरूको सुरक्षाका लागि चाँडै जहाज पठाउन सक्ने बताएका थिए ।

मध्यपूर्वको रणनीतिक जलमार्ग मानिने मसुद पेजेशकियन हुँदै विश्वका धेरै तेल ट्याङ्करहरू आवतजावत गर्ने भएकाले युद्धका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा पनि प्रभाव पर्ने चिन्ता बढेको छ ।

यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत ईरान छिमेकी देशहरूसामु झुकेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकी र इजरायली आक्रमणको दबाबका कारण ईरानले छिमेकी देशहरूसँग माफी मागेको छ र अब उनीहरूमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको छ ।

उता इरानी राष्ट्रपति मसुद पेजेशकियन ले हालै छिमेकी देशहरूमाथि भएका आक्रमणप्रति खेद व्यक्त गर्दै अब ती देशको भूमिबाट ईरानमाथि हमला नभएसम्म प्रतिकारात्मक आक्रमण नगर्ने बताएका छन् ।

लगातार बढिरहेको सैन्य गतिविधिका कारण मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ । युद्ध लम्बिँदै जाँदा विश्व समुदायले सम्भावित क्षेत्रीय संकटको जोखिमलाई ध्यानपूर्वक नियालिरहेको छ ।

You might also like

Comments are closed.