विविध कार्यक्रमसहित द राइजिङ स्टार बोर्डिङ स्कुलले मनायो पाँचौं वार्षिकोत्सव

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ-९ स्थित मन्डिखाटारमा रहेको द राइजिङ स्टार बोर्डिङ स्कुलले पाँचौं वार्षिकोत्सव मनाएको छ । मंगलबार विविध कार्यक्रमससहित स्कुलले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वृहत शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि दाहालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थापक प्रिन्सिपल कृष्णकुमार बोहराले आफूहरुले प्राइमरी स्कुललाई प्राथमिकतामा राख्नुको कारण विद्यार्थीको क्षमता पहिचान गरी भविष्यको उत्कृष्ट आधार तय गर्नु रहेको बताए । विद्यार्थीको सर्वाङ्गिण विकासमा आफूहरुले जोड दिन सफल भएको उनको भनाइ छ ।

jutta mela

कार्यक्रममा पिकपोइन्ट एकडेमीका फाउन्डर डाइरेक्ट ठमिन्द्र खतिवडा लगायतले बोलेका थिए । सो अवसरमा ज्येष्ठ नागरिक, शिक्षक, कर्मचारी, विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । विद्यार्थीहरुले कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कक्षा ५ उत्तीर्ण विद्यार्थीलाई विदाईसमेत गरिएको छ ।

स्कुलमा कक्षा १ देखि ५ सम्म पढाई हुन्छ । वार्षिकोत्सवको अवसरमा स्कुलले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका, कर्मचारी लगायत सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

 

 

You might also like

Comments are closed.