पाँच लाख टाटा टियागो विक्री

काठमाडौं ।  भारतको अग्रणी टाटा मोटर्स ले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडीहरु बिक्रि गर्न सफल भएको छ। सन् २०१६ मा विक्री सुरु गरिएको यस गाडीले सात वर्षको छोटो अवधि मै यो सफलता हासिल गरेको बताइएको छ ।

उल्लेखित कुल पाँच लाखमध्येका एक लाख गाडीहरु १५ महिनामा बिक्री भएको कम्पनीले जनाएको छ । टियागोले ‘नेट प्रोमोटर स्कोरमा’ पनि ५१ अंक हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो। यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल जगत द्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरु जितेको छ । यी उपलब्धिहरुले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवं सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्दछ,’ कम्पनीले जनाएको छ ।

सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो।
नेपाली बजारमा पनि टाटा टियागोको बजार तिब्र ढंगले बढेको बताइन्छ। नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडी मा पर्ने टाटा टियागो सर्वाधिक बिक्रि हुने गाडीमा पर्न सफल भएको छ। विशेषतः भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवावर्गको (औसत उमेर ३५ वर्ष) पहिलो रोजाईमा यो परेको छ। टाटा मोटर्स को नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य छ।

‘टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता र अतुलनीय आरामको सुनिश्चितता गर्दछ। त्यसैले नेपाली ग्राहकहरुले मन मस्तिष्कमा अमेट्य छाप छोड्न सफल भएको छ।’

You might also like

Comments are closed.

Secret Link