एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा बिशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात यस बैंकका ग्राहकले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा ग्राहकले छुट सुविधा प्राप्त गर्न सक्नेछन् । ENT and General Service  अन्तर्गत OPD  मा २० प्रतिशत तथा Investigation मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, आँखा उपचार गर्दा General OPD  मा २० प्रतिशत, Operation Charge, Surgery Package मा ५ प्रतिशत, Laboratory मा १० प्रतिशत र Optical Products  मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्नसक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।

यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.