टिगमा अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ।

टिगलाई अहिलेसम्म १५ सय बढी व्यवसायहरूले प्रयोग गर्दै आएका छन् । कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जन भन्दा बढी व्यवसायीहरूले यस अघिदेखि नै अकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन् ।

साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेष्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले जानकारी दिए ।

‘टिगको लक्ष्य साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउनु हो,’ उनले भने, ‘त्यसै अनुसार टिगमा रेष्टुरेन्ट, साना मार्ट, होलसेल र रिटेल पसललाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने गरी नयाँ सुविधा ल्याएका छौं । टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघि देखि नै उपलब्ध छ ।’

रेस्टुरेण्ट, क्याफे वा मार्ट व्यवसायीहरुले सफ्टवेयरको डेमो निःशुल्क रुपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यस बाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको छ ।

सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सह–संस्थापक प्राथना शाखःले बताइन् ।

नयाँ सेवा सार्वजनिक गरेको अवसरमा अहिले टिगको अकाउन्टिङ, रिटेल र रेष्ट्रो सेवाको खरिदमा ४० प्रतिशतसम्म छुट पाइने छ ।

टिग रेष्ट्रोमा टेबल म्यानेजमेन्ट, अर्डर प्रोसेसिङ, किचेन अर्डर सिस्टम, मल्टिपल लोकेसन सपोर्ट, ह्याण्डहेल्ड डिभाइसबाटै अर्डर सुविधा, हार्डवयेरमा पीओएस इन्टिग्रेसन लगायतका विशेषताहरू छन् ।

‘टिग रिटेलबाट सजिलै आफ्नो होलसेल पसल वा मार्ट व्यवस्थापन गर्न सकिने छ । यसबाट आफ्नो विभिन्न ठाउँमा रहेका पसल वा मार्ट सजिलै अनलाइनबाटै निगरानी राख्न र व्यवस्थापन गर्न सकिने छ,’ उनले भनिन् ।

टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसेप्ट प्रिन्टिङ, प्रडक्ट व्यवस्थापन, रियल टाइम एनालाइसिस लगायतका सुविधा छन् ।

‘टिग क्लाउडमा आधारित सफ्टवेयर भएको कारण तपाईले जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सक्नुहुन्छ,’ शाखःले भनिन् । बीआईसी टेक्नोलोजी क्ष्क्इरक्ष्भ्ऋ द्दठण्ण्ज्ञ क्ष्लायचmबतष्यल कभअगचष्तथ mबलबनझभलत कथकतझक ९क्ष्क्ःक्० सर्टिफाइड कम्पनी हो, जसले ग्राहकको डेटा सुरक्षाको प्रत्याभूति देखाउँछ । साना तथा मझौला व्यवसायीलाई प्रविधिमार्फत सहज र सजिलो बनाउने गरी टिगले काम गरिरहेको छ ।

You might also like

Comments are closed.