कास्कीमा देउसी भैलो खेल्न रोक

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले यो वर्ष देउसी भैलो खेल्न रोक लगाएको छ । कोभिड– ९ उच्च जोखिमको समयमा देउसी भैलो खेल्दा थप जोखिम हुने जनाउँदै प्रशासनले देउसी भैलोलाई रोक लगाएको हो ।

प्रशसनले सोमबार सूचना जारी गर्दै विश्व महामारीको रुपमा रहेको कोभिड १९ को असर कास्कीमा पनि उच्च देखिएकाले चाडपर्वको समयमा मानिसको आवागमन एवम् भिडभाडयुक्त गतिविधिले सङ्क्रमण फैलिने सम्भावनालाई ध्यान दिदै उक्त गतिविधिमा रोक लगाएको जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.