lcci festival

गुणस्तरीयता कायम गर्न जरुरी छ

टिकाप्रसाद घिमिरे, अध्यक्ष, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश

देशभर दूध उत्पादन भए पनि बागमती प्रदेश अन्तर्गत काठमाडौं उपत्यका नै डेरी उत्पादनहरूको प्रमुख बजार हो । पर्यटनको राजधानी शहर पोखरा पनि दुग्ध क्षेत्रका लागि उत्तिकै महत्वपूर्ण बजार हो । आधुनिक उद्योग र नयाँ प्रडक्टको विस्तार गर्नका लागि पोखरा अत्यन्तै उपयोगी र सम्भावनायुक्त स्थान हुन सक्छ ।

पोखरामा स्थानीयसँगै पर्यटक पनि मुख्य उपभोक्ता हुन् । त्यहाँ बिक्री वितरण हुने हरेक वस्तु गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको हुन आवश्यक छ । तर, बजारमा अझै पनि खुल्ला दूध तथा दुग्ध पदार्थको बिक्री हट्न सकेको छैन । गुणस्तरीयता कायम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको डेरी क्षेत्रलाई चिनाउन पोखराले महत्वपूर्ण भूमिका खेल्ने हुँदा, यसतर्फ सरोकारवाला सबैको ध्यान जान आवश्यक छ ।

पछिल्लो समय कोभिड महामारी, आर्थिक मन्दी र केही समयअघिको आन्दोलनका कारण पोखरामा पर्यटन क्षेत्रलाई नकारात्मक असर परेको देखिन्छ । जसको असर डेरी क्षेत्रलाई पनि परेको छ । पर्यटन क्षेत्रलगायत हरेक आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै समग्र देशको विकासमा लाग्नुपर्ने दायित्व हामी सबैको हो । आर्थिक क्षेत्रमा डेरी उद्योगहरूको भूमिका पनि महत्वपूर्ण रहँदै आएको छ ।

You might also like

Comments are closed.