‘बूढानिलकण्ठ १३ मा विकास निर्माणका क्षेत्रमा फड्को मार्ने गरी काम गर्नेछौं’

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष उम्मेदवार टीका नारायण श्रेष्ठ (टिकेश)ले वडाको समग्र विकासका लागि एमालेले जित्नुपर्ने बताएका छन् । वडामा एमालेका तर्फबाट उम्मेदवार रहेको उनले वडाबासीको हकहितमा आफूले काम गर्ने प्रतिबद्धता गरेका छन् ।

विकास निर्माणसहित शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्ने उनले बताए । संस्कृति संरक्षण, पर्यटन विकास, महिला सशक्तीकरण र आर्थिक उत्पादनमा जोड दिने उनले बताए ।

jutta mela

‘स्वच्छ तथा हराभरा वातावरणका लागि मैले काम गर्नेछु,’ उनले भने, ‘वडामा सुशासन कायम गर्ने गरी काम गर्नेछौं । वडाबासीको दुःखसुखको साथी बन्नेछौं ।’ विकास निर्माणका क्षेत्रमा फड्को मार्ने गरी काम गर्ने उनले बताए ।

केन्द्रीय सरकारबाट प्रदान हुने ४ हजार भत्तामा एक हजार थपेर ५ हजार रुपैयाँ भत्ता पुर्याएर घरघरमा पुर्याउने अध्यक्षका उम्मेदवार श्रेष्ठले बताए ।
वडामा एमालेले घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ । वडाबासीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरु उत्साही बनेको श्रेष्ठको भनाइ छ ।

You might also like

Comments are closed.