टिआइएम एजुकेशन एण्ड करियर फेयरको तयारी पुरा

 

पोखरा । पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा भोलि शुक्रबार हुने टिआइएम एजुकेशन एण्ड करियर फेयर २०२१ को तयारी पुरा भएको छ । थर्डआई एजुकेशन, इम्पल्स एजुकेशन, मिराकल इन्स्टिच्युट प्रालि र मिराई इन्टरनेशनल एजुकेशनको संयुक्त आयोजनमा फेयर हुन लागेको हो ।

फेयरको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाइ छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा करिब १ हजार जना विद्यार्थीको सहभागिता रहने आयोजकको विश्वास छ ।

फेयरलाई सिड्नी मेट्रो कलेज सहयोग गरेको छ भने ट्राभलर्स पार्टनरमा ऐश्वर्य ट्राभल्सले साथ दिएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि फेयर निकै उपयुक्त हुने बताइएको छ । फेयरमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । सहभागीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

You might also like

Comments are closed.