‘इक्यान शैक्षिक मेला’लाई टाइम्स एजुकेशनलको साथ

पोखरा । पोखरामा आयोजित आठौं संस्करणको ‘इक्यान शैक्षिक मेला २०२५’ लाई टाइम्स एजुकेशनलले साथ दिएको छ । मेलाको प्रिजेन्टरमा रहेर टाइम्स एजुकेशनलले साथ दिएको हो । इक्यान कास्कीको आयोजनामा भदौ २० र २१ गते न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा मेला हुँदैछ ।

इक्यानको सदस्य संस्थासमेत रहेको टाइम्स एजुकेशनलको तर्फबाट इक्यान मेलामा सहकार्य गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रवन्ध निर्देशक प्रेम सुवेदीले बताए । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको टाइम्स एजुकेशनलको शाखा कार्यालय काठमाडौं शंकरदेव चोकमा छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड, फ्रान्स लगायत युरोपियन देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.