इक्यान कास्कीले सेप्टेम्बर ५ र ६ (भदौ २० र २१) मा आयोजना गर्न लागेको बृहत् शैक्षिक मेलामा टाइम्स एजुकेशनलले आफ्नो उपस्थिति जनाउँदै स्टल नं ६ र ७ मा विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष परामर्श दिने भएको छ । मेलालाई सफल बनाउन हामीले मेलाको प्रिजेन्टरमा रहेर साथ पनि दिएका छौं । मेलामा प्रिजेन्टरको रुपमा सहभागी हुन पाउँदा टाइम्स परिवार उत्साहित भएको छ । इक्यान जस्तो नेपालकै सबैभन्दा ठूलो शैक्षिक संस्थासँग जोडिनु र आफ्ना सेवाहरू प्रस्तुत गर्न पाउनु गर्वको विषय हो ।
मेलामा टाइम्स एजुकेशनलले अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके तथा फ्रान्सलाई मुख्य शैक्षिक गन्तव्यका रूपमा प्रस्तुत गर्नेछ । मेला अहिलेको ग्लोबलाइजेशनको परिवेशमा विद्यार्थी र अभिभावकका लागि एकै छानामुनि बसेर विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधि तथा इक्यानका परामर्शदातासँग प्रत्यक्ष जानकारी लिन सक्ने दुर्लभ अवसर हुनेछ । यसले विद्यार्थीलाई भविष्यको शैक्षिक गन्तव्य छनोट गर्न सजिलो मात्र होइन, भरपर्दो जानकारी र गुणस्तरीय परामर्श उपलब्ध गराउने छ । टाइम्स एजुकेशनले सुरुदेखि नै क्वालिटीलाई प्राथमिकता दिँदै विद्यार्थीको वैदेशिक अध्ययन यात्रामा सहयोग गर्दै आएको छ । प्रमुख शैक्षिक गन्तव्यहरूमा फोकस गर्दै, टाइम्सले विगतदेखि नै धेरै विद्यार्थीलाई सफलतापूर्वक विदेश पठाएको अनुभव बोकेको छ ।
आयोजक इक्यान कास्कीले यसपटकको मेलामा सयौँ विद्यार्थी र अभिभावकको सहभागिता रहने अपेक्षा गरेको छ । विद्यार्थीलाई आफ्नो भविष्य सुरक्षित बनाउन सही निर्णय लिन मद्दत पुग्ने विश्वास हामीले लिएका छौं ।
Comments are closed.