पोखरा । टाइम्स एजुकेशनल पोखराले आयोजना गरेको ‘टाइम्स भिडियो कन्टेस्ट २०२५’का बिजेतालाई पुरस्कार वितरण गरिएको छ । टाइम्सको प्रधान कार्यालय न्युरोड पोखरामा बिहीबार आयोजित एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा सहभागी मध्ये प्रथम हुन सफल साहारा गौतमले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । कार्यक्रमका प्रमुख अतिथि इक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैरै र टाइम्सका प्रवन्ध निर्देशक प्रेम सुवेदीले बिजेता गौतमलाई नगद हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि गैरेले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको टाइम्स एजुकेशनले विद्यार्थी लक्षित विविध कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे । टाइम्सका प्रवन्ध निर्देशक प्रेम सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
Comments are closed.