काठमाडौं । टाईम्स एजुकेशनल कन्सल्ट्यान्सीले बुटवलमा शाखा संचालनमा ल्याउने भएको छ । पोखराको चिप्लेढ्ङ्गामा केन्द्रीय कार्यालय रहेको कन्सल्ट्यान्सीको पहिलो शाखा काठमाडौंको पुतली सडक स्थित शंकरदेव चोकमा रहेको छ भने दोस्रो शाखा वुटवलको ट्राफिक चोकमा छिट्टै संचालनमा आउने बताइएको छ । कन्सल्टेन्सीले अमेरिका,अष्ट्रेलिया, वेलायत, फ्रान्स लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहजिकरण गर्दै आएको छ ।
बुटवल तथा यस आसपासमा रहेका अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सहजिकरणका लागि शाखा संचालन गर्न लागिएको संचालक प्रेम सुवेदीले बताए । कन्सल्ट्यान्सी संचालनसँगै विदेश अध्ययनका लागि आवस्यक पर्ने आइएलटीस, पीटीई तथा फ्रेन्च भाषाका कक्षाहरु पनि संचालन हुने छन् ।
उद्घाटनका अवसरमा पहिलो हप्तामा भर्ना हुने विद्यार्थीलाई आइएलटीस, पीटिई तथा फ्रेन्च भाषाका सवै कक्षाहरु निशुल्क हुने संचालक सुवेदीले जानकारी दिए ।
वुटवल शाखाले पनि सवै देशहरुमा अध्यनका लागि जान चाहने विद्यार्थीलाई आवस्यक सहजिकरण र परामर्श दिने शाखाका व्यवस्थापक विशाल वरालले जानकारी दिए । विद्यार्थीको चाहना र आवश्यकता अनुसार परामर्श प्रदान गरिने तथा बुटवल तथा आसपासका विद्यार्थीको सहजताका लागि कबन्सल्टेन्सी संचालनमा ल्याउन लागिएको उनले बताए ।
विदेश अध्ययन गरेर आर्जन गरेको ज्ञान, सीप र शिक्षालाई देश विकासमा लगाउनका लागि विद्यार्थीलाई अध्ययन पश्चात नेपाल फर्कन अभियान पनि संंचालन गरिहरको छ ।








Comments are closed.