काठमाडौं । टाइम्स एजुकेशनल कन्सल्टेन्सीले बुटवलमा नयाँ शाखा संचालनमा ल्याउने भएको छ । पोखराको चिप्लेढुङ्गामा केन्द्रीय कार्यालय रहेको कन्सल्टेन्सीको पहिलो शाखा काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसँगै रहेको छ । अब दोस्रो शाखा बुटवलको ट्राफिक चोकमा आगामी शुक्रबारदेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको कन्सल्टेन्सीले जनाएको छ ।
अमेरिका, अष्ट्रेलिया, वेलायत, फ्रान्स लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले बुटवल तथा आसपासका विद्यार्थीलाई सहज पहुँच दिन शाखा विस्तार गरेको बताइएको छ । कन्सल्टेन्सीका सञ्चालक प्रेम सुवेदीका अनुसार विदेश अध्ययनको परामर्शसँगै आइएलटीएस, पीटीई तथा फ्रेन्च भाषाका कक्षाहरू समेत संचालन गरिनेछ ।
उद्घाटनका अवसरमा पहिलो हप्तामा भर्ना हुने विद्यार्थीहरूलाई आइएलटीएस, पीटीई र फ्रेन्च भाषाका सबै कक्षाहरू निःशुल्क उपलब्ध गराइने सुवेदीले जानकारी दिए ।
बुटवल शाखाका व्यवस्थापक विशाल बरालले विद्यार्थीको चाहना र आवश्यकता अनुसार अध्ययन गन्तव्य चयनदेखि कागजी प्रक्रिया सहज बनाउन शाखाले पूर्ण सहजीकरण सेवा उपलब्ध गराउने बताए । उनका अनुसार यहाँबाट पनि विभिन्न देशका विश्वविद्यालय तथा कलेजका लागि परामर्श प्रदान गरिनेछ ।




Comments are closed.