बीमा सबैका लागि आवश्यक छ

टुल्कनाथ आचार्य (टिएन), एसिइओ, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी

बीमा क्षेत्रमा पछिल्लो समय धेरै सुधार हुँदै गइरहेको छ । बीमाको दायरा पनि बढिरहेको छ । तर, कोरोना महामारीसँगै पछिल्लो समय आर्थिक मन्दी देखिएको छ । मन्दीको प्रभाव समग्र क्षेत्रमा परेजस्तै बीमा क्षेत्रमा पनि प्रत्यक्ष परिरहेको छ । सुधार हुँदाहुँदै पनि जति विकास हुनुपर्ने हो बीमा क्षेत्रमा त्यति धेरै विकास भने हुन सकेको छैन । बीमा क्षेत्रको विकास तथा प्रवद्र्धनमा सरकार, बीमा प्राधिकरण, बीमा सेवा प्रदायक कम्पनीहरु सक्रिय छन् । बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरु आबद्ध संस्था निप्स पनि यो अभियानमा सक्रियताका साथ लागेको हामीले पाएका छौं । निप्स पोखरा च्याप्टर बीमाको प्रवद्र्धनमा खेलेको भूमिका कारण यसको बजारमा पनि सकारात्मक योगदान पुगेको छ । कम्पनीका समस्या समधान तथा राम्रा कामहरुको प्रचारप्रसारमा निप्सको भूमिका छ ।

बीमाको बजारमा आजको दिनसम्म पनि पुस सेलकै अवस्था छ । बीमा सबैका लागि आवश्यक छ । बचत तथा सुरक्षाका लागि बीमा गर्नैपर्छ । बीमा गर्नुपर्ने व्यक्तिहरुले बीमाको महत्व नबुझ्दासम्म यो समस्या रहन्छ । अबका दिनमा आम मानिसहरुमा बीमाको महत्व तथा बीमा गर्दाका फाइदाहरुका बारेमा जानकारी गराउन सक्नुपर्छ । बीमितले अहिले पनि मेरो बीमा चाहियो भन्ने अवस्था छैन । अभिकर्ताले भनेको आधारमा मात्रै बीमा पोलिसी आउने गरेका छन् । बीमा मेरो लागि हो, भोलिको लागि हो, मेरो सन्ततिको लागि हो, जोखिम बहन हुन्छ भन्ने ज्ञान हुनुपर्ने आवश्यकता देखिन्छ । यसका लागि बीमाको महत्व बुझाउनुपर्ने दायित्व नै हामी माझ छ । बीमाको प्रचारप्रसार बढ्दो छ । तर सन्तुष्ट हुने अवस्था भने छैन ।

jutta mela

कुराकानीमा आधारित

You might also like

Comments are closed.