व्यावसायिक बन्न दीगो पर्यटन मोडल आवश्यक

टुरिजमको कुरा गर्दा ‘सस्टेनेवल टुरिजम’ बज वड बनेको छ । २०२३ को विश्व पर्यटन दिवसको नारा पनि टुरिजम एण्ड ग्रीन इन्भेस्मेन्ट थियो, जुन भनेको दीगो र वातावरण मैत्री पर्यटनमा लगानी हो । सस्टेनेवल टुरिजमको बिकल्प अब छैन, पर्यटनमा लगानी गर्नेले आफ्नो लगानीमा दीगो पर्यटनका अभ्यासहरु भएका छन् या छैनन् यकिन गर्नु जरुरी देखिन्छ । अब टुरिजमलाई दीगो बनाउन समाज, अर्थ र प्रकृतिबीचमा विभिन्न सकारात्मक अभ्यास गराउनुपर्छ फलस्वरुप पर्यटनको कारणले समाजमा, प्रकृतिमा र स्वयम लगानीमा सकारात्मक प्रभाव हुन्छ ।

पर्यटनमा हामीले गर्ने लगानी लङटर्म र आफू व्यावसायिक बन्ने हो भने दीगो पर्यटन मोडल नै आवश्यक पर्छ । लगानी गर्दा आफ्नो लागानीले समाजमा दिनसक्ने फाइदाहरु, रोजगारी सृजना, आय उत्पादन, जीवनको गुणस्तर, सार्वजनिक सहभागिता, सामाजिक सांस्कृतिक मूल्य मान्यताको सम्मान गर्ने, व्यक्तिगत विकास आदि । त्यस्तैगरि लगानी गर्दा गन्तव्य क्षेत्रमा पर्यटनको व्यवहार्यता, पर्यटकको माग र सन्तुष्टि आदि पनि विचार गरिनु पर्छ साथै जैविक विविधता संरक्षण, प्राकृतिक श्रोतहरुको तर्कसंगत प्रयोग, प्राकृतिक श्रोतको संरक्षण आदिलाई उपेक्षा गर्न सकिदैन ।

पर्यटन असीमित उद्योग हो । पर्यटन क्षेत्रको दायरा र अवसरहरु विशाल छन् । यसमा कुनै एक क्षेत्रले मात्र पूर्ण हुँदैन, चेन इफेक्ट हुने भएकाले यस क्षेत्रमा हुने ससाना गतिविधिहरुले अरु अन्य क्षेत्रमा पनि असर पारेको हुन्छ । त्यसैले लगानीकर्ताले धेरै विचार पुर्याएर लगानी गर्नुपर्ने हुन्छ । छोटो समयमा कमाउँछु भनेर ठूलो लगानी गर्दा हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देश र अहिलेको समयमा अलि खतरा हुने सम्भावना हुनसक्छ । लगानी गर्नु अघि पर्यटकको रुची क्षेत्र, पर्यटकको आगमनको अवस्था, बसाईंको अवधि, पर्यटनबाट समाजमा हुने फाइदाहरु र पर्यटकहरुले गर्ने औसत खर्चको आदि विचार गर्नुपर्छ । त्यस्तैगरि पर्यटक व्यवस्थापन पनि अर्को महत्वपूर्ण भाग हो ।

हाम्रो देशमा आउने पर्यटक ट्रेकिङ, कल्चर, यहाँका संस्कृति तथा रहनसहन हेर्न आउने खालका हुन्छन् । हामीले हाइ रेज विल्डिङ बनाउँदा, युरोपियन, कन्टिनेन्टल र अन्य मुलुकमा खाना तथा सर्भिस दिदा इलाइट ग्रुपका टुरिष्ट घट्दै गएको पाइन्छ । युरोप, अमेरिकामा जस्तो सर्भिस दिन हामी सक्दैनौं । टुरिष्टले नयाँपन केही नपाएको अवस्था छ । हामीले आफ्नै संस्कृति, रहनसहन तथा खानपान दिनुपर्छ । हामी हिड्न नसक्ने डाँडामा पर्यटकलाई हिडाएर डलर भित्र्याउनुपर्छ । त्यहाँबाट देखिने हिमाल, ताल तलैया देखाएर डलर कमाउनुपर्ने देश हो नेपाल । पर्यटन क्षेत्रमा सम्भावना धेरै छ । त्यस्ता स्थानमा सही तरिकाले म्यापिङ गरेर नयाँनयाँ रुटहरु बनाउन सकिन्छ । सडक बिस्तार गर्दा धेरै पदमार्ग हराएका छन् । नयाँ पदमार्गहरु बनाउनुपर्छ । सम्भव भएसम्म पुराना पदमार्गहरु पनि पहिचान गरी पर्यटकलाई हिडाउन सकिन्छ । बाटोमा पर्ने स्थानहरुमा टि हाउस, लज, होम स्टेको अवधारणा ल्याउन सकिन्छ । यसले मोडर्न टुरिजमबाट सस्टेनेवल टुरिजमतर्फ जान सकिन्छ । शैक्षिक संथाहरुले पनि सस्टेनेवल टुरिजमलाई जोडेर अध्यापन गर्नुपर्छ । नेपाली खाना, नेपाली गेस्ट्रोनोमीलाई चिनाउन सक्यौं भने पनि सस्टेनेवल टुरिजममा सहयोग पुग्छ ।

jutta mela

अहिलेसम्म आउँदा पोखराको टुरिजम डिफरेन्ट र रिफाइण्ड हुनुपर्ने हो तर त्यस्तो छैन । अहिले हामी भर्जिन टुरिजममा नै छौं । जस्ता पनि गेष्ट लिएका छौं । जता पनि राखेका छौं । जति पनि रेट घटेका छौं । पोखरा नै त्यस्तो शहर होला जहाँ टुरिजम क्षेत्रमा रेट घट्छ । पोखरा पहिला डिस्टिनेशन थियो भने अहिले ट्रान्जिट पोइन्ट हुँदै गएको छ । रोड एक्सिस सजिलो हुँदैछ । अब नयाँ कुरा नआउँदासम्म पर्यटक पोखरामा अडिदैनन् । यसतर्फ सबैको चासो जान आवश्यक छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी भइरहेको छ । यसमा धेरे कुरा ख्याल गर्नु आवश्यक छ । पर्यटकलाई दिने सुविधा के हो ? फुड क्वालिटी कस्तो हो ? के कुराले पर्यटक तान्ने ? यातायातको सुविधा, पर्यटकको सुरक्षा, संरचनाहरु कस्तो हुनुपर्ने ? ट्राभल एजेन्सी, इन्फरमेसन, ट्रेकिङ लगायतका कुरामा ध्यान दिनुपर्छ ।

पछिल्लो समय विश्वमा नै ह्युमन रिसोर्समा क्राइसिस भएकाले नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा पनि हस्पिटालिटी तथा टुरिजम क्षेत्रमा ह्युमन रिर्सोस क्राइसिस देखिन थालिसकेको छ । दक्ष जनशक्तिका लागि यस क्षेत्रमा स्कोप भने धेरै छन् । यस क्षेत्रमा आउने तथा यसलाई करियर बनाएकाहरुलाई राम्रो प्रतिफल अवश्य दिन्छ । यो क्षेत्रमा लाग्नेहरुलाई भोको रहन दिदैन । हाउस किपिङ, वारिष्टा, बार, रेष्टुरेन्ट, होटल, एयरलाइन्स, ट्राभल जहाँ पनि स्कोप राम्रो छ । पि पि पि मोडल प्रयोग गरी, सस्टेनेवल टुरिजमको अवधारणालाई मध्यनजर गरी लगानी ग¥यो भने बल्ल लगानी दीगो र व्यावसायिक हुने कुरामा दुई मत छैन ।

आउने ह्युमन रिसोर्स पनि लङ टर्म सोचेर आउनुपर्छ । पर्यटनसँग सम्बन्धित संरचना, विभिन्न प्रोजेक्ट तथा कार्यक्रम ल्याउँदा लङटर्मका लागि सोचेर ल्याउनुपर्छ । यसले पछिसम्म सकारात्मक सन्देश प्रवाह गर्छ । रेभिन्यु जेनेरेट गर्छ तथा प्रमोट गर्छ भन्ने तरिकाले आउनुपर्छ । सस्टेनेवल टुरिजमको कुरा गर्दा लगानी गर्ने लगानीकर्तालाई भने केही चुनौति हुन सक्छ, जुन कुरा लगानीकर्ताले विचार गर्नुपर्छ ।

(रेग्मी नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, पोखराका प्रिन्सिपल हुन् ।)

You might also like

Comments are closed.