काठमाडौं । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो ।
यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरूनरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । वरिष्ठ पर्यटन व्यवसायी तथा लग्जरी एड्भेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स ९नाट्टा० का अध्यक्ष थपलियाको पर्यटन क्षेत्रमा नविन सोच, अनुभव र उर्जा थपिएको अपेक्षा गरेको बोर्डका
प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै, नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताएका छन् ।
उनले भने, ‘सचिव मैनालीको मार्गदर्शन र दुई नव नियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौं ।’ कार्यक्रममा बोल्दै सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘नेपालको समृद्धिको आधारपर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ ।’ उनले आफू प्रशासनिक नेतृत्वकर्ता भएको उल्लेख गर्दै थपे, ‘मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैंभरी यस्ता जिम्मेवारीमा रहिरहन सक्दैनौं, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना हो ।’
सचिव मैनालीले बोर्डका सदस्यहरूको अनुभव र उर्जाको संयोजनबाट देखिने रमहसुस हुने नतिजा दिन सकिने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे पदाधिकारी, पर्यटन बोर्डका
सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।
Comments are closed.