पर्वतीय पर्यटनको सम्भावनामा दोर्दी गाउपालिका

काठमाडौं । दोर्दी गाउपालिकाले इलमपोखरी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वको यस क्षेत्रको अवलोकन गरि धार्मिक पर्यटन तथा ट्रेकिङको मज्जा लिन पर्यटकहरूलाई आग्रह गरेको छ ।

पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू रहेकाे गाउपालिकाले जानकारी दिएकाे छ ।

गाउपालिकाका अनुसार  दोर्दीको नौथरसेराबाट शुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिन्छ । नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरा ८ दिनको ट्रेकैङ रुट छ ।नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे,  उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेशिशहर ११ दिनको ट्रेकिङ जान सकिन्छ भने लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि  दोर्दी गाउँपाकिकामा पर्दछ ।

हिमाल चडने सम्भावनाको खोजि भैरहेको छ । लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ। मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन ।पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोडनका लागि अहिले  काम भइरहेको छ ।

त्यसैगरी,इलमपोखरी-लिपे-दाम्राङ छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँडन पाइन्छ । गुराँस फुुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोǔनुको मजा बेग्लै हुन्छ । यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकहरूलाई सहज होस् भन्ने हिसाबले पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेन्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको छ।

पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेन्टर  बनाएर बस्न सक्छन् भन्ने अपेक्षा स्थानीयको रहेको छ ।

मानव वस्ती नरहेका कारण यी रुटहरूमा मोटरबाटोको विस्तार हुने अवस्था छैन । जसकारण ट्रेकिङको अर्गानिक स्वाद लिनका लागि त्यसकारण पनि यो रुट निकै नै शान्त एवम् आनन्ददायी समेत हुने मानिएकाे छ ।

छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको यस क्षेत्रमा पर्यटकहरूलाई स्वागत गर्न गाउँपालिका आत्तुर रहेको छ । रुटहरूमा भेडिगोठहरू पर्यटकहरूको अविराम प्रतिक्षामा छन् ।यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ ।

You might also like

Comments are closed.