काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
विपद्को यस कठिन घडीमा उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय सहायता संस्थाहरू, स्वयंसेवक तथा स्थानीय समुदायप्रति युटीएसले हार्दिक आभार व्यक्त गरेको छ।
टोयोटा ग्रुप इन एसिया र युनाइटेड ट्रेडर्स सिन्डिकेटले विपद् प्रभावित नागरिकहरूको पुनःस्थापना, राहत तथा आगामी दिनमा अझ सुदृढ र उत्थानशील नेपाल निर्माणका लागि सरकारसँग हातेमालो गर्दै ऐक्यबद्धता जनाएका छन्।



Comments are closed.