काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले विश्वचर्चित ‘जीआर यारिस’ (GR Yaris) लाई नेपालमा स्वागत गरेको छ । मोटरस्पोट्र्सको विरासत बोकेको यो शक्तिशाली ह्याचब्याक एडभेन्चर तथा खेलकुदमा चासो राख्नेहरुका लागि लक्षित गरिएको छ ।
‘राम्रो भन्दा अझ उत्कृष्ट’ गाडी बनाउने परिकल्पनाका साथ तयार पारिएको जीआर यारिस प्रदर्शन र सटिकताको लागि उत्कृष्ट मानिन्छ । सन् २०२० मा विश्व बजारमा डेब्यु गरेदेखि नै यसलाई विभिन्न ¥याली र रेसिङ सर्किटहरूमा कडा परीक्षण गरी परिष्कृत गरिएको छ । जीआर यारिस सडकमा गुड्ने गाडी मात्र नभई ‘रेसिङ ट्रयाक’को अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको मेसिन भन्न सकिन्छ ।

जीआर यारिसको पछिल्लो संस्करणमा मोटरस्पोट्र्सको वास्तविक अनुभवबाट प्राप्त सुधारहरूलाई समावेश गरिएको छ । उच्च गतिको सन्तुलन, सुरक्षा र आधुनिक प्रविधिको फ्युजनले यसलाई अन्य गाडीभन्दा भिन्न बनाएको छ । विभिन्न चालकहरूको अनुभव र सुझावका आधारमा यसको इन्जिन र ड्राइभिङ डाइनामिक्सलाई निरन्तर विकसित गरिँदै लगिएको कम्पनीले जनाएको छ।
जोस र उच्च प्रदर्शनलाई आत्मसात गर्दै जीआरले सधैँ नयाँ मानक स्थापित गर्ने लक्ष्य राखेको छ । युनाइटेड ट्रेडर्स सिन्डिकेटले यो प्रिमियम गाडी नेपाल भित्र्याएसँगै नेपाली अटोमोबाइल बजारमा उच्च प्रविधियुक्त स्पोट्र्स कारको उपस्थिति अझ बलियो हुने विश्वास गरिएको छ ।






Comments are closed.