सल्लाहकार, इक्यान कास्की
कंगारु एजुकेशन फाउण्डेसनले विद्यार्थीलाई वैदेशिक अध्ययन सम्बन्धी मार्गदर्शन दिदै आएको छ । इक्यान कास्कीले यही भदौ २० र २१ गते पोखरामा आयोजना गर्न लागेको बृहत् एजुकेशनल फेयरमा कंगारु एजुकेशन फाउण्डेशन पनि स्टलसहित सहभागी हुँदैछ ।
मेलामा उपस्थित विद्यार्थीले स्टल भ्रमण गरेर आफूलाई आवश्यक पर्ने जानकारी प्राप्त गर्न सक्नेछन् । फेयरको मुख्य उद्देश्य वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीलाई सम्बन्धित देशका शिक्षा प्रणाली, भिजा प्रक्रिया, आवेदनका चरणहरू र अन्य विविध विषयमा विस्तृत जानकारी प्रदान गर्नु हो । कंगारु एजुकेशन फाउण्डेशनले यस माध्यमबाट विद्यार्थीलाई सही मार्गदर्शन गरी उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्य लिएको छ ।
कंगारु एजुकेशन फाउण्डेशनले बिगत १३ वर्षदेखि पोखरामा विद्यार्थीको उज्ज्वल भविष्य खोज्न निरन्तर सेवा प्रदान गर्दै आएको छ । यस वर्षको फेयर पनि पोखराको न्यूरोडस्थित सिटिस्क्वायर बैंक्वेटमा आयोजना हुने भएकाले विद्यार्थी र अभिभावकहरूले एउटै छानामुनि विभिन्न शैक्षिक अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । फेयरमा सहभागी भएर विद्यार्थीले आफ्नो करियर र भविष्य निर्माणका लागि आवश्यक ज्ञान अर्जन गर्न सक्ने विश्वास लिएको छु ।
Comments are closed.