काठमाडौं उपत्यकाको सवारी जामले मात्र वार्षिक १ खर्ब १६ अर्ब घाटा

काठमाडौं । आर्थिक बिषयमा विभिन्न विधामा अनुसन्धान गर्दै आएका अर्थशास्त्री शेरजंग बहादुर चन्दले सम्भवत देशकै पहिलो पटक काठमाडौं उपत्यका भित्रको सवारी साधन जामले देशको अर्थशास्त्रलाइ कस्तो असर पार्छ भन्ने बिषयमा आफ्नो सोधपत्र सार्बजनिक गरेका छन् । सोधपत्रमा चन्दले काठमाडौं उपत्यका भित्र भईरहेको सवारी साधन जामले असर गर्ने अनुमानित देशको आर्थिक भार सम्बन्धि खोज गरेका छन् । सोधपत्रमा जाममा पर्ने मानिसहरुले उक्त समयमा गर्न सक्ने आर्थिक भारको गणना गरेका छन् ।

चन्दले गणितीय अर्थशास्त्रको कल्पना गरि गणितीय मूल्य भारको गणना गरेका छन् । सोधपत्रमा सवारी जाम अर्थशास्त्रको बिषय नभई उक्त जामले देशको अर्थतन्त्रलाइ कति असर गर्छ भन्ने कुरामा जोड दिएका छन् । जामको कारण खोज्न सहरी बिकाश अनुसन्धानकर्ता तथा पर्यावरण विदहरुको जिम्मेवारी रहेको भनिएको छ, यद्दपी (Recurring) आवर्ती र (Non-Recurring) गैर आवर्ती कार्यले जाम हुने गरेको भनि सोधपत्रमा उल्लेख गरिएको छर आवर्ती समस्यामा सवारी साधनको अनुपात अनुसार सरकारी नीति नबनेको, अव्यवस्थित सहरी विकास योजना, काठमाडौँका लागि अनुपयुक्त सार्वजनिक सवारी साधनहरु, असक्षम ट्राफिक प्रणाली, व्यक्तिगत सवारी साधनको बढी प्रयोग, सरकारी परिवहन नीति आदि रहेका छन् भने गैर आवर्ती समस्यामा दुर्घटना, जुलुश, धर्ना, मौसमको गडबडी, बाटो(खानेपानी(बिजुली जस्ता बनाउने कार्य, बिना सूचना बाटो बन्द गर्ने कार्य जस्ता समस्या रहेको लेखिएको छ ।

सोधपत्रमा १ बर्षमा काठमाडौं उपत्यका भित्र मात्रै भएको जामले देशलाई अनुमानित १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक घाटा भएको देखाएको छ । जसमा उपत्यका भित्र सवारी जामको कारण आर्थिक व्यक्तिको समय ढिला भएको बार्षिक रकम ९ अर्ब १ करोड को हाराहारीमा रहेको देखाएको छ यस्तै सवारी जामले गर्दा लाग्ने इन्धन खर्च सामान्य इन्धन खर्च भन्दा २ अर्ब ८२ करोड ७८ लाख बढी, सवारी साधन मूल्य ह्रासमा सामान्य मूल्य ह्रास भन्दा ४ प्रतिशतले बढी भएको अध्ययनले देखाएको छ जसको आर्थिक भार ३३ अर्ब १८ करोड रहेको छ । यस्तै सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढी रहेको छ जसको आर्थिक भार बार्षिक ७० अर्ब ५० करोड भन्दा बढी रहेको पाइएको छ । त्यस्तै स्वास्थ्य उपचारमा उपत्यकाबासी समान्य भन्दा करीब ५ प्रतिशत बढी सवारी जामले बिरामी हुने गरेको र जसको आर्थिक व्यय भार बार्षिक २ अर्ब रहेको सोधपत्र मा उल्लेख छ ।

यस्तै सरकारले ट्राफिक व्यवस्थापनमा गर्नु पर्ने भन्दा बढी खर्च गर्नु परेको बाध्यात्मक आर्थिक व्ययभार बार्षिक १ अर्ब ९० करोड जति रहेको पाइएको अध्ययनले देखाएको छर यस्तै सडक, खानेपानी, बिजुली, ढल, मर्मत जस्तै विभिन्न मर्मतहरुमा लाग्ने रकम भन्दा ३ अर्ब ५९ करोड बढी रकम बार्षिक लाग्ने गरेको, साथै सवारी जामले दुर्घटना बढेको र उक्त बढेको दुर्घटना खर्च १ अर्ब २२ करोड हुने गरेको अध्ययनले देखाएको छ । देशको बजेट साढे १४ खर्ब रहेको जसमा पनि पुरै कार्यान्वयन नहुने अवस्थामा काठमाडौं उपत्यका जामको अर्थशास्त्रले मात्रै देशको बजेटको ८ प्रतिशत जति ओगट्न सक्ने देखिएकोले काठमाडौं मा हुने सवारी जामले देशलाई कति घातक छ भन्ने कुरा अध्ययनले देखएको छ ।

अध्ययनले अर्को खतरनाक तथ्यांक देखाएको छ जसमा एक औसत मान्छे १७ दसमलब ५० मिनेट हिन्ने , सार्बजनिक सवारी साधन लाइ कुर्ने समय ७ दसमलब २५ मिनेट रहेको छ, यस्तै सार्बजनिक सवारी साधनमा ४९ दसमलब १७ मिनेट हिन्ने गरेको, कार चलाउने औसत समय ३५ मिनेट छ भने मोटर साइकल चलाउने औसत समय ३० दसमलब १७ मिनेट रहेको छ साथै ३७ दसमलब १८ मिनेट समयमा ८ दसमलब ९४ किलोमीटर जाने गरेको देखाएको छ । अध्ययनले अर्को डरलाग्दो कुरा सार्बजनिक गरेको छ जसमा समय को गणना गर्दा हिड्ने मानिस औसत ७ मिनेट प्रति घण्टा, मोटर साइकल २१ मिनेट प्रति घण्टा, कार २७ मिनेट प्रतिघन्टा, सार्बजनिक यातायात ३४ मिनेट प्रतिघन्टा ढिला हुने पाईएको छ जुन वास्तममै आश्चर्यजनक रहेको छ । यस्तै सवारी जामले बढी इन्धन खर्च हुने अध्ययनले दुइ पांग्रे २६ किमि प्रति लिटर , चारपांग्रे कार जीप ८ किमि प्रति लिटर चल्ने गरेको पाइएको छ । यस्तै सवारी जामले २८ प्रतिशत बढी कार्बन उत्सर्जन गर्ने गरेको , ४ बढी सवारी साधनको ह्रास कट्टी हुने गरेको, ५ प्रतिशत बढी बिरामी सवारी जामले हुने गरेको जसमा मानसिक रोगि पनि देखा परेका जस्ता तथ्यांकको अध्ययन गरेको पाइएको छ । यस्तै काठमाडौं उपत्यकामा ट्राफिक प्रवाह ( बग्ने गति) ब्यस्त समयमा १४ कि मि प्रतिघण्टा, सामान्य समयमा ३२ कि मि प्रति घण्टा तथा राति को समयमा ५५ किमि प्रतिघण्टा रहेको पाइएको छ ।

पोस्ट डाक्टराल गरिरहेका चन्दले यस सोधपत्रले केन्द्रिय सरकारलाई अब आउने विकास बजेटमा काठमाडौंको विकास परियोजना, योजना बनाउन मदत पुर्याउने, बाहिरी चक्रपथ निर्माणमा जोड, ट्राफिक व्यस्थापनको अवस्था, सवारी साधन संगै सडकको अवस्था, सवारी साधन दर्ता नीति नियममा सहयोग हुने तथा काठमाडौं उपत्यका भरिका स्थानीय तहहरुलाई आफनो सवारी नीति, सडक नीति, जग्गा बीच बिखन नीति, पार्किंग व्यस्थापन, सार्वजनिक साधन कस्तो चलाउने, ढल निर्माण, सवारी साधनको अनुपात अनुसार सरकारी नीति बनाउन, अव्यवस्थित सहरी विकास योजना हटाउन , काठमाडौँका लागि अनुपयुक्त सार्वजनिक सवारी साधनहरुको खोजि गर्न , असक्षम ट्राफिक प्रणालीलाइ सफल बनाउन, व्यक्तिगत सवारी साधनको कम प्रयोग गर्ने नीति बनाउन , सरकारी परिवहन नीति आदि बनाउन, दुर्घटना, जुलुश, धर्ना, मौसमको गडबडी, बाटो(खानेपानी(बिजुली जस्ता बनाउने कार्य, बिना सूचना बाटो बन्द गर्ने जस्ता कार्यमा सहयोग गर्ने कुरामा यस सोधपत्रले केहि न केहि राहत दिन सक्ने दाबि गर्छन् ।

You might also like

Comments are closed.